बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

एम्बार्क अनम्याथको 'उद्यमी गणित' कार्यक्रम : गणितलाई व्यावहारिक प्रयोगमा रूपान्तरण

बुधबार, असार ३२ २०८२
एम्बार्क अनम्याथको 'उद्यमी गणित' कार्यक्रम : गणितलाई व्यावहारिक प्रयोगमा रूपान्तरण

सामान्य कक्षाकोठाको शिक्षणभन्दा फरक यो कार्यक्रमले ६ वटा रणनीतिक विद्यालय भ्रमणमार्फत वास्तविक व्यापारिक चुनौतीहरूलाई गणितीय सिकाइसँग जोड्छ।

काठमाडौं- एम्बार्क अनम्याथ प्रालिले 'उद्यमी गणित' कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ। यो एक वर्षे कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको लागि परम्परागत गणित शिक्षालाई व्यावहारिक व्यापारिक तालिममा रूपान्तरण गरेको एम्बार्क अनम्याथले जनाएको छ।

एम्बार्कका अनुसार यसले गणितीय सिद्धान्तहरूलाई व्यापारिक सफलतासँग कसरी जोड्न सकिन्छ भन्ने कुरा प्रष्ट रूपमा देखाउँछ। साथै यसले विद्यार्थीहरूलाई उद्यमशीलताको लागि तयार पार्दै उनीहरूको शैक्षिक आधारलाई बलियो बनाउँछ।

एम्बार्क अनम्याथ स्कुलका सह-संस्थापक दिवेश बठिजाले विद्यार्थीहरूले यस कार्यक्रममार्फत व्यावहारिक उद्यमशीलताको अनुभवमार्फत वित्तीय योजना, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा व्याख्या सिक्ने बताए।

'हामी यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई गणित मात्रै सिकाइरहेका छैनौँ, बरु व्यापारिक निर्णयहरूलाई गणितले कसरी प्रभाव पार्छ भन्ने कुरा सिकाइरहेका छौँ', उनले भने, 'यो कार्यक्रमको मुख्य लक्ष्य नेपाललाई गुणस्तरीय शिक्षाको गन्तव्यमा बदल्नु हो। यसले प्रतिभाशाली विद्यार्थीहरूलाई देशमै राखेर देशको आर्थिक विकासमा योगदान दिन प्रेरणा दिन्छ।'

सामान्य कक्षाकोठाको शिक्षणभन्दा फरक यो कार्यक्रमले ६ वटा रणनीतिक विद्यालय भ्रमणमार्फत वास्तविक व्यापारिक चुनौतीहरूलाई गणितीय सिकाइसँग जोड्छ। विद्यार्थीहरूले स्टार्टप मानसिकता र बजार विश्लेषणबाट सुरु गरेर प्रोटोटाइप निर्माण र व्यापक व्यापारिक योजना तयार गर्नेसम्मको सिक्नेछन्।

यो कार्यक्रम डिसेम्बर २०२५ मा एम्बार्क कलेजमा आयोजना हुने स्टार्टप फेस्टमा समापन हुनेछ। त्यहाँ विद्यार्थीहरूले आफ्ना उत्पादनहरूलाई पूर्णरूपमा प्रदर्शन गर्नेछन्।


प्रकाशित : बुधबार, असार ३२ २०८२१७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend