शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

६ हजार विदेशी लगानीकर्ता सम्पर्कविहीन, नेपालमा उद्योग दर्ता गरे तर सञ्चालन गरेनन्

images
बिहीबार , साउन १ २०८२
images
images
६ हजार विदेशी लगानीकर्ता सम्पर्कविहीन, नेपालमा उद्योग दर्ता गरे तर सञ्चालन गरेनन्

यस्तै अन्य देशका पनि दर्ता भएर सञ्चालन नभइ बेपत्ता हुने लगानीकर्ताहरू रहेका छन्।

images
images

काठमाडौं- उद्योग दर्ता गर्ने तर सञ्चालन नगरी बेपत्ता हुने विदेशी लगानीकर्ताको ठूलो संख्या रहेको छ।

images
images

उद्योग विभागका अनुसार नेपालमा उद्योग दर्ता गरेर बेपत्ता हुने लगानीकर्ताको संख्या उच्च देखिएको छ। हालसम्म करिब ६ हजार यस्ता लगानीकर्ता बेपत्ता भएको पाइएको छ।

images
images

कुनै पनि विदेशी लगानीकर्ताले नेपालमा उद्योग विभागमा दर्ता गर्दा २० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ। यस्तो धरौटी उद्योग सञ्चालन भएपछि फिर्ता हुन्छ। तर सम्पर्कमै नरहेका उद्योगीहरूकै रकम ११ करोड रुपैयाँभन्दा धेरै थुप्रिएको छ। 

images
images
images

विदेशी लगानीकर्ताको धरौटी थुप्रिएपछि विभागले सार्वजनिक सूचना जारी गर्दै रकम लिनका लागि सम्पर्कमा आउन आग्रह गर्ने तयारी गरेको छ। विभागका अनुसार हालसम्म करिब ६ हजार यस्ता लगानीकर्ता दर्ता गर्ने तर सञ्चालन नगरी बेपत्ता भएका छन्। 

सामान्यत: उद्योग दर्ता गरेर सञ्चालनमा रहेका वा सम्पर्कमै रहेकाबाहेकको धरौटी रकम धेरै थुप्रिएकाले लिनका लागि सम्पर्क गर्न आग्रह गर्ने तयारी भएको छ।

साँच्चिकै सम्भावना देखेर लगानी गर्नेहरू केही समस्या भोगेर नेपालमा दर्ता गरेर पनि सम्पर्कविहीन हुने अंश यसमा धेरै नरहेको विभागका अधिकारीहरूको भनाइ छ। नेपालमा अरु नै काम गर्नेगरी आउने तर भिसा थप गर्नका लागि सजिलै उद्योग दर्ता हुने भएपछि दर्ता गर्ने प्रवृत्ति मौलाएको छ। यस्तोमा धेरै चीनबाट रहेको छ। 

‘लगानी गर्नु पर्दैन, २० हजार धरौटी र केही हजार कानून व्यवसायीको शुल्क भएपछि दर्ता भइहाल्छ, त्यति हुँदा भिसाको म्याद करिब ९ महिनासम्म लम्बिन्छ’ विभागका एक उच्च अधिकारी भन्छन्, ‘एक वर्षका लागि अरु नै व्यापार वा काम गरिसकेपछि फेरि उनीहरू त्यसैगरी अर्को वर्ष वा केही समयपछि आउने गर्छन् भन्ने सूचना पनि हामीले पाएका छौँ।’ 

विभागका अधिकारीहरूका अनुसार यो प्रवृत्ति पछिल्लो समय मौलाएको छ। विशेषगरी चिनियाँहरूले नेपालमा कार्गो, रेष्टुरेण्ट वा अन्य साना प्रकृतिका उद्योग दर्ता गर्ने तर सञ्चालन भने कहिल्यै नगर्ने प्रवृत्ति देखिँदै आएको छ।

केही वर्ष पहिले नेपालमा साइबर स्क्याम गर्ने चिनियाँहरू पक्राउ पर्दा उनीहरूले पनि केही फर्म दर्ता गरेको तर काम भने अर्कै गरेको पाइएको थियो। 

गत वर्षमात्र कुल ४ सय ४ विदेशी लगानीका उद्योग नेपालमा दर्ता भएकोमा चीनबाट मात्र २ सय ५२ वटा दर्ता भएका थिए। तर लगानी भने जम्मा २२ अर्ब रुपैयाँमात्र थियो। यो संख्यामा रेष्टुरेण्ट, कार्गो र आईटी कम्पनी रहेका छन्। प्रत्येक वर्ष चीनबाट लगानी आउने भन्दै दर्ता भएका यी उद्योग सञ्चालन भने हुँदैनन्। 

यस्तै अन्य देशका पनि नेपालमा उद्योग दर्ता गरेर सञ्चालन नगरी बेपत्ता हुने लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : बिहीबार , साउन १ २०८२१६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend