काठमाडौं- आर्थिक वर्ष २०८१/८२ मा सरकारले २ खर्ब १५ अर्ब रूपैयाँ बराबरको वैदेशिक ऋण सम्झौता गरेको छ।
विभिन्न दातृ निकायहरूसँग नेपाल सरकारले विभिन्न परियोजनाका लागि २ खर्ब १५ अर्ब ५४ करोड रूपैयाँको ऋण सम्झौता गरेको हो।
त्यस्तै, एक वर्षमा सरकारले ५७ अर्ब रूपैयाँको अनुदान सम्झौता गरेको छ।
ऋण तथा अनुदानसहितको गरी एक वर्षमा २ खर्ब ७३ अर्ब रूपैयाँ सहायता सम्झौता गरेको छ। सबैभन्दा धेरै बहुपक्षीय निकाय विश्व बैंक र एडीबीजस्ता संस्थासँग सम्झौता भएको छ।
अर्थ मन्त्रालयको विवरणअनुसार ऊर्जा, यातायात, सिँचाइलगायतका क्षेत्रमा ऋण तथा अनुदान सम्झौता भएको हो।