बिहीबार , साउन १ गते २०८२    
बिहीबार , साउन १ २०८२
images
images

बैतडी र दार्चुलास्थित नेपाल-भारत सीमानाका बन्द हुने

images
बुधबार, असार ३२ २०८२
images
images
बैतडी र दार्चुलास्थित नेपाल-भारत सीमानाका बन्द हुने

दार्चुलाको पुलघाट नाका आगामी साउन ५ गते बेलुकादेखि साउन ८ गते बिहानसम्म र बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने छ।

images
images

बैतडी- भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ।

images
images

आगामी साउन ८ र १२ गते भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

images
images

उनका अनुसार दार्चुलाको पुलघाट नाका आगामी साउन ५ गते बेलुकादेखि साउन ८ गते बिहानसम्म बन्द हुनेछन्।

images
images
images

यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए।

उक्त अवधिमा आकस्मिकरूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend