बिहीबार , साउन १ गते २०८२    
बिहीबार , साउन १ २०८२
images
images

बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा खुल्ने, सार्वजनिक विदामा पनि सञ्चालन

images
बुधबार, असार ३२ २०८२
images
images
बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा खुल्ने, सार्वजनिक विदामा पनि सञ्चालन

‘अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौँ। धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ’ मन्त्रालयका प्रवक्ता मैनालीले भने।

images
images

काठमाडौं- अब धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ। साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको सहरी विकास मन्त्रालयले जनाएकाे छ।

images
images

साथै सार्वजनिक विदाको दिन पनि धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए। धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ। सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ।

images
images

‘अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौँ। धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ’ मन्त्रालयका प्रवक्ता मैनालीले भने।

images
images
images

२०७२ बैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुन:निर्माणपछि गत असोज ३ गतेबाट परिक्षणका रुपमा खुला गरिएको थियो। गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो। सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक विदाको दिन बन्द नगर्न सुझाव दिएका थिए।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढोस् भन्ने नागरिकको चाहना अनुसार तयारी गर्न भनेपछि मन्त्रालयले सोही अनुसार दुई सिफ्टमा सञ्चालन गर्न लागेको हो।

भूकम्पले क्षतिग्रस्त धरहरा पुन:र्निर्माणपछि स-शुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६ सय ५० रुपियाँ राजस्व संकलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)ले जनाएको छ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ। धरहरा सञ्चालन भएको यस अवधिमा दुई लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन्।विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश-२०८१ बमोजिम स-शुल्क धरहरा सञ्चालनमा छ। 


प्रकाशित : बुधबार, असार ३२ २०८२११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend