बिहीबार , साउन १ गते २०८२    
बिहीबार , साउन १ २०८२
images
images

गुणस्तरहीन सडक बनाएपछि स्थानीयद्वारा विरोध‍, निर्माण व्यवसायीको मिक्स्चर र पानी ट्यांकर नियन्त्रणमा

images
बुधबार, असार ३२ २०८२
images
images
गुणस्तरहीन सडक बनाएपछि स्थानीयद्वारा विरोध‍, निर्माण व्यवसायीको मिक्स्चर र पानी ट्यांकर नियन्त्रणमा

स्थानीयले सरकारी निकाय र ठेकेदार कम्पनीबीचको मिलेमतोमा योजनाबमोजिमको मापदण्ड नअपनाई कमसल सामग्री प्रयोग  गरिएको आरोप लगाएका छन्।

images
images

सिराहा- जिल्ला सदरमुकाम सिराहा हुँदै भारतसँगको सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रको आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै मंगलबार दिनभर स्थानीयले विरोध प्रदर्शन गरेका छन्।

images
images

स्थानीयले सरकारी निकाय र ठेकेदार कम्पनीबीचको मिलेमतोमा योजनाबमोजिमको मापदण्ड नअपनाई कमसल सामग्री प्रयोग  गरिएको आरोप लगाएका छन्।

images
images

‘माडरको कालि मन्दिरबाट भन्सार जाने बाटोको ६० मिटर सडकमा गत आइतबार राति गरिएको ढलानमा गिट्टी, बालुवा र सिमेन्टको अनुपात नमिलाई कमसल निर्माण गरिएको छ। सोमबार बिहानै अनुगमनका क्रममा लट्ठीले घोच्दा पनि सडक फुट्ने देखियो’ स्थानीय रामकुमार यादवले भने।

images
images
images

सिराहा नगरपलिका-१७ का वडाध्यक्ष उमेशप्रसाद यादवका अनुसार गुणस्तरहीन निर्माण भएपछि नगरपालिकाका प्राविधिक र प्रहरी बोलाएर अनुगमन गरिएको छ। निर्माण व्यवसायीको मिक्स्चर र पानीट्यांकर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाइएको छ।

निर्माण कम्पनीका साइट इन्जिनियर सन्जिव साहले मजदुरको त्रुटिका कारण समस्या भएको स्वीकार गरेका छन्। उनले अब प्राविधिक परीक्षण गरिने जानकारी दिँदै भने, ‘आइतबार रातिको ढलानमा घोल्दा गल्तीले छिटो जम्ने केमिकल बढी प्रयोग भएको हो। निर्माण सामग्रीको अनुपात नमिलेको होइन।’

योजनाअन्तर्गत सिराहा सदरमुकामबाट माडरसम्मको एक हजार तीन सय मिटर सडकमा दुवैतर्फ वर्षा यामको पानीको निकासका निम्ति नाला निर्माण, ग्राभेल, माटो भर्ने, आरसिसी ढलान र विद्युत पोल सार्ने कार्य समावेश छ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालयले ६ करोड ५८ लाख ५३ हजार ८१० रुपैयाँमा यो सडक निर्मााणको सम्झौता भएको हो। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend