बिहीबार , साउन १ गते २०८२    
बिहीबार , साउन १ २०८२
images
images

तमोर करिडोरले सिँचाइ कुलोमा क्षति पुर्‍याउँदा पाँचथरका खेतबारी बाँझै

images
बुधबार, असार ३२ २०८२
images
images
तमोर करिडोरले सिँचाइ कुलोमा क्षति पुर्‍याउँदा पाँचथरका खेतबारी बाँझै

तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने वर्षेनी ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ। वर्षेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ।

images
images

पाँचथर- एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो। आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका-४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो। जसको असर खेतीमा पर्‍यो।

images
images

तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने वर्षेनी ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ। वर्षेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ।

images
images

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले वर्षेनि ट्रयाक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ। यसको असर सिँचाइ आयोजनामा परेको छ। स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार सिँचाइ योजना मर्मतको प्रयास भए पनि पूर्णरुपमा हुन सकेको छैन।

images
images
images

‘डेढ किलोमिटर लम्बाईको कुलो शिवादोभानका एक दर्जनभन्दा बढी परिवारका लागि खेतीको आधार थियो। यसबीचमा आयोजना मर्मतका लागि सरकारले १५ लाख र  निर्माण कम्पनीले दुई लाख रुपैयाँ दिएका थिए। त्यसबाट पक्की कुलो बनाइएको थियो’ उनले भने।

तर वर्षेनि ट्रयाक खोल्दा माटोले कुलो पुरिने गरेको छ। यसको दीर्घकालीन समाधान हुन सकेको छैन। फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमा क्षेत्र पर्ने शिवादोभानको फाँटमा सिँचाइको सुविधा नहुदा अहिले खेतीपाती हुन छाडेको स्थानीय ललितबहादुर सम्बाहाम्फेको भनाइ छ।

उनी भन्छन्,‘कुनै समय वर्षमा तीन बालीसम्म लगाइन्थ्यो, कुलोमा क्षति पुगेपछि मकै मात्रै लगाउँदै आएका थियौँ, अहिले त्यो पनि कम भएको छ।’ सिँचाइको अभावमा खेतीयोग्य जमिन बाँझिदै जाँदा स्थानीयको आयआर्जनको स्रोत पनि बन्द भएको छ।

सम्बाहाम्फेकाअनुसार अहिले उत्पादन हुन छाडेपछि दाउरा र पानीबाहेक सबै किनेर खानुपर्ने अवस्था छ। सिँचाइको अभावमा शिवादोभानमा पर्ने फिदिम नगरपालिका-४ सरखण्डे, फिदिम-९ लुम्फाबुङ र कुम्मायक-४ रानीगाउँका खोला आसपासका खेत बाँझिएका छन्।

कुम्मायक गाउँपालिका-४ का वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले निर्माण कम्पनीले समयमै काम नगर्दा समस्या भएको बताउँछन्।

सिँचाइ कुलो मर्मतका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा कुम्मायक गाउँपालिकाले दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। यद्यपि काम भने नभएको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend