बिहीबार , साउन १ गते २०८२    
बिहीबार , साउन १ २०८२
images
images

११ र १२ कक्षाका लागि काठमाडौं महानगरको छात्रवृत्ति : विज्ञान विषयमा आवेदन दिने धेरै

images
बुधबार, असार ३२ २०८२
images
images
११ र १२ कक्षाका लागि काठमाडौं महानगरको छात्रवृत्ति : विज्ञान विषयमा आवेदन दिने धेरै

छात्रवृत्ति परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंक (नेगेटिभ मार्किङ) नगरिने पनि महानगरले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकामा शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न कुल १७ हजार २ सय २९ विद्यार्थीले आवेदन दिएका छन्।   

images
images

महानगर शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन देशभरका ७७ वटै जिल्लाबाट परेका छन्। 

images
images

आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा सबैभन्दा बढी १२ हजार ३ सय ३७, व्यवस्थापन विषयमा चार हजार ४ सय ८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १ सय ४ र कानून विषयमा २ सय ७३ जना छन्। 

images
images
images

शिक्षा अधिकृत पौडेलका अनुसार हाल प्राप्त आवेदनको रुजु कार्य भइरहेको र यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न गरिने छ। आवश्यक प्रक्रिया पूरा भएपछि साउन १ गतेदेखि विद्यार्थीले अनलाइनमार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्ने छन्। 

साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुनेछ। कक्षा १० को पाठ्यक्रममा आधारित रहेर हुने परीक्षामा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिने गरी निर्धारण गरिएको छ। सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन्। 

परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंक (नेगेटिभ मार्किङ) नगरिने पनि महानगरले जनाएको छ।  

परीक्षापछि योग्यता सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ। त्यस आधारमा विद्यार्थीले शिक्षण संस्थामा अध्ययन गर्न पाउनेछन्। 


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend