बिहीबार , साउन १ गते २०८२    
बिहीबार , साउन १ २०८२
images
images

वाणिज्य विभागले दुई व्यापारिक फर्मलाई जरिवाना तिरायो, सात वटालाई कागजातसहित उपस्थित हुन निर्देशन

images
बुधबार, असार ३२ २०८२
images
images
वाणिज्य विभागले दुई व्यापारिक फर्मलाई जरिवाना तिरायो, सात वटालाई कागजातसहित उपस्थित हुन निर्देशन

विभागले उपलब्ध गराएको विवरण अनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

images
images

काठमाडौं- गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ।

images
images

विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई तीन लाख रुपैयाँ बराबरको जरिवाना गरेको हाे। यस्तै, एसवीएल प्रोफेसनल प्रालिलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना गरेको विभागले जनाएको छ।

images
images

अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ। विभागले उपलब्ध गराएको विवरण अनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

images
images
images

त्यस्तै, काठमाडौं र ललितपुरका पाँच वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिमआवश्यक निर्देशन एवं कारबाही गरिएको जनाएको छ।

विभागले असार ३१ गते ९, ३० गते पनि समान ९ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ। केहीलाई सामान्य निर्देशन दिइएको छ भने केहीलाई कागजातसहित आउन भनेको छ। असार २९ गते ९, असार २७ गते पाँच,असार २६ गते १६, असार २५ गते ११ वटा फर्ममा अनुमगन गरी आवश्यक कारबाही गरिएको जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend