शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

भारतले भन्सार शुल्क घटाएसँगै नेपाली खानेतेल उद्योगको लगानी संकटमा

नेपालको निर्यात व्यापारमा ठूलो धक्का लाग्न सक्ने

images
शुक्रबार, साउन २ २०८२
images
images
भारतले भन्सार शुल्क घटाएसँगै नेपाली खानेतेल उद्योगको लगानी संकटमा

नेपालमा हाल २७ वटा वनस्पति तेल उद्योग छन् र भारत नै नेपाली उद्योगहरूको प्रमुख निर्यात बजार हो। तर भारतले भन्सार शुल्क घटाएपछि नेपाली उद्योगहरूले प्रतिस्पर्धा गुमाउने चिन्ता व्यक्त गरेका छन्।

images

काठमाडौं- भारतले खानेतेलको कच्चा पदार्थ आयातमा लगाउने भन्सार शुल्क घटाएपछि नेपालका तेल उद्योगको उत्पादनमा ठूलो गिरावट आएको छ।

images
images

भारतले भन्सार दर २७ प्रतिशतबाट १७ प्रतिशतमा झारेपछि नेपाली उद्योगले भारतीय बजारमा निर्यात गर्दै आएको खानेतेल उत्पादन करिब ५० प्रतिशतले घटेको उद्योगीहरूले बताएका छन्। यसले आक्रामक लगानी गर्दै आएका उद्योग संकटमा पर्ने देखिएको छ।

images
images

अघिल्लो समयमा भारतले कच्चा तेल आयातमा २७ प्रतिशत भन्सार लिने गर्थ्यो र नेपालबाट निर्यात गर्दा साफ्टा सुविधाका कारण भन्सार तिर्नु पर्दैनथ्यो। त्यसैले नेपाली उद्योगहरूले भारतीय बजारमा खानेतेल निर्यात गरी राम्रो नाफा कमाउँदै आएका थिए।

images
images
images

तर भन्सार दर घटेपछि भारतमा उत्पादित तेल नेपाली तेलभन्दा प्रतिलिटर ८ देखि ९ रुपैयाँ सस्तो भएको कारण नेपाली उत्पादन भारतीय बजारमा प्रतिस्पर्धा गर्न सकिरहेको छैन। यसले गर्दा नेपाली उद्योगहरू उत्पादन कटौती गर्न बाध्य भएका छन्।

नेपालमा हाल २७ वटा वनस्पति तेल उद्योग छन् र भारत नै नेपाली उद्योगहरूको प्रमुख निर्यात बजार हो। तर भारतले भन्सार शुल्क घटाएपछि नेपाली उद्योगहरूले प्रतिस्पर्धा गुमाउने चिन्ता व्यक्त गरेका छन्।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँबराबरको खानेतेल निर्यात भएको छ। यसमा प्रशोधित भटमास तेलको निर्यात सबैभन्दा ठूलो रहेको छ। त्यस्तै सनफ्लावर तेल, पाम तेल र अन्य तेलको पनि निर्यात भएको तथ्यांकले देखाएको छ।

नेपालले अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया र युक्रेनबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएको छ। नेपाल-भारत वाणिज्य सन्धिअन्तर्गत नेपाली उत्पादनले भन्सारमुक्त सुविधा पाउँदा व्यापार विस्तार भएको थियो।

तर पछिल्लो समयमा भारतले अन्य देशका लागि पनि खानेतेल आयातमा भन्सार दर घटाएपछि नेपाली निर्यातकर्ताहरूले चुनौती महसुस गरिरहेका छन्। जेठदेखि लागु भएको भन्सार दर १० प्रतिशतसम्म कम भए पनि यसको प्रभाव अझै निर्यात तथ्यांकमा देखिएको छैन। असारकै तथ्यांकमा प्रभाव देखिने अनुमान गरिएको छ।


प्रकाशित : शुक्रबार, साउन २ २०८२०८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend