सोमबार, असार ३० गते २०८२    
सोमबार, असार ३० २०८२
images
images

काठमाडौं महानगरपालिकाले तोकेको जग्गाको मूल्य चल्तीको भन्दा निकै कम, कहाँ कति?

images
सोमबार, असार ३० २०८२
images
images
काठमाडौं महानगरपालिकाले तोकेको जग्गाको मूल्य चल्तीको भन्दा निकै कम, कहाँ कति?

नयाँ बानेश्वर चोकदेखि दक्षिण गोल्छा हाउस हुँदै शंखमुल पुलसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २० लाख रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले मुख्य सडक र त्यसका दायाँबायाँ जोडिएका जग्गाहरूको प्रतिआना मूल्य तोकेको छ। तर तोकिएको मूल्य काठमाडौंका प्रमुख व्यावसायिक क्षेत्रमा प्रचलित बजार मूल्यभन्दा निकै कम रहेको छ।

images
images

महानगरले सार्वजनिक गरेको जग्गाको मूल्य सबैभन्दा महँगो प्रतिआना ५० लाख रुपैयाँसम्म तोकिएको छ। यो मूल्य हालको बजार मूल्यभन्दा निकै कम रहेको छ।

images
images

महानगरका अनुसार ट्रलिबसको कार्यालयदेखि, तरकारीबजार हुँदै कान्तिपुर डेन्टल हस्पिटल (सम्मेलन केन्द्रको पश्चिम र उत्तरपट्टिको सडक) मूल सडकसँग जोडिएका जग्गाहरू, नयाँ बानेश्वरको भरोसा अस्पतालबाट पश्चिम चेल्सी विद्यालय, पञ्चकुमारी श्रद्धास्थलबाट दक्षिण हुँदै बानेश्वर ब्यान्केट अगाडिसम्म (लाखेचौर मार्ग) सँग जोडिएका दायाँबायाँका जग्गाहरू, रत्नराज्यलक्ष्मीबाट पश्चिम सहभागिता मार्ग, चाँदनीनगर हुँदै धोबीखोलासम्मको मट्लठ सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू प्रतिआना २० लाख रुपैयाँ रहेको छ।

images
images
images

नयाँ बानेश्वर चोकदेखि दक्षिण गोल्छा हाउस हुँदै शंखमुल पुलसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २० लाख रुपैयाँ तोकिएको छ।

नयाँ बानेश्वर कृष्णटावर (बुद्धनगर मार्ग), बुद्धनगर प्रहरी कार्यालय, पुरानो हाम्स अस्पताल हुँदै शंखमुलसम्मको मुलसडकसँग जोडिएका मध्यमार्ग, भावनामार्ग, बुद्धमार्ग, श्वेत विनायकमार्ग, श्रममार्ग दायाँबायाँका जग्गाहरूको मूल्य १८ लाख रुपैयाँ रहेको छ।

जिल्ला अदालत काठमाडौंअगाडिको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३२ लाख रुपैयाँ रहेको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दक्षिणगेटबाट नेपाल कमर्स क्याम्पस हुँदै श्रीनगर टोल, श्रीनगर मार्ग, यातपौ मार्ग, गणेश मार्गसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य १८ लाख रुपैयाँ तोकिएको छ।

तीनकुने शान्तिनगरको बागमती पुलदेखि पश्चिमतर्फबाट उत्तर जाने पिच बाटो (ज्ञानपूञ्ज मार्ग) दायाँबायाँका जग्गाहरूको मूल्य १८ लाख रुपैयाँ तोकिकएको छ।

भीएस निकेतन, बानेश्वर प्रहरी कार्यालयदेखि बागमती नदीकिनारको बाटो र मनोहरा नदीकिनारको बाटो दायाँबायाँका जग्गाहरूको मूल्य १८ लाख रुपैयाँ तोकिएको छ।

त्यस्तै कोटेश्वर कोटिवनायक गणेश मार्गलगायत क्षेत्रमा १८ लाख रुपैयाँ तोकिएको छ।

थापाथली, प्रसुतिगृह, वनस्पती विभाग, भूमिसुधार तथा व्यवस्थापन विभाग, मूलबाटोसँग जोडिएकादायाँबायाँका जग्गाहरूको मूल्य २० लाख रुपैयाँ तोकिएको छ।

माइतीघर, सेन्टजेभियर कलेज, वनस्पति विभागसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २० लाख रुपैयाँ तोकिएको छ।

पुरानो बानेश्वर चोक, मैतिदेवी, विजयस्मारक स्कुल, कालिकास्थान हुँदै सिंहदरबार उत्तर अनामनगर जाने बाटोसंग जोडिएका जग्गाहरू र मैतिदेवी चोकदेखि उत्तर ज्ञानेश्वर मोडसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २८ लाख रुपैयाँ तोकिएको छ।

डिल्लीबजार पुतलीसडक जोड्ने (ओरालो) बाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २० लाख रुपैयाँ रहेको छ।

डिल्लीबजार पिपलबोट पुरानो २९ नं. वडा कार्यालयबाट दक्षिण घट्टेकुलो चोकसम्म (घट्टेकुलो मार्ग) बाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २० लाख रुपैयाँ तोकिएको छ।

कालिकास्थानबाट दक्षिण बांसघारी चोकबाट पूर्व गोश्वारामार्ग हुँदै घट्टेकुलो चोकसम्म र कालिकास्थान गोश्वारा चोकबाट अनामगर जाने पासाङल्हामु मार्ग बाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २० लाख रुपैयाँ रहेको छ।

मैतीदेवी चोकबाट दक्षिण घट्टेकुलो चोक, घट्टेकुलो चोकबाटपूर्व हुँदै दक्षिण अनामनगर जाने (वीरेन्द्र मार्ग), घट्टेकुलो चोकबाटपूर्व लालीगुँरास मार्ग, भृकुटी मार्ग, हिमाल मार्ग, नमुना मार्ग, नमुनानगर, पाथीभरा मार्ग हुँदै मैतिदेवी सेतोपुल पेट्रोलपम्प सम्मबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरू १८ लाख रुपैयाँ तोकिएको छ।

अनामनगर सिंहदरबार पूर्वी गेटबाट धोबीखोला पुलसम्म जाने बाटोमा जोडिएका दायाँबायाँका जग्गाहरू २० लाख रुपैयाँ तोकिएको छ।

सिंहदरबार उत्तर कालिकास्थानबाट आएको बाटो जोडिएको स्थानदेखि, अनामनगर, हनुमानस्थान, थापागाउँ हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमगेट सम्मको मूल बाटोसँग जोडिएका जग्गाहरू र सोही स्थानदेखि पश्चिम पुतली सडकसम्मको मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरू र गौशाला चोकबाट रातोपुल हुँदै ज्ञानेश्वर, सिटी सेन्टर, कमलपोखरी, कृष्णपाउरोटी सम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू २८ लाख रुपैयाँ तोकिएको छ।

कमलपोखरी चोक, डिल्लीबजार हुलाक सेवा विभाग (राममन्दिर) सम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ रहेको छ।

कमलादीभित्रका (कुलरत्नमार्ग, प्रज्ञामार्ग र भीमनिधिमार्ग) को सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ रहेको छ।

सिटी सेन्टरबाट दक्षिण जाने बाटो, कुमारी हल, पुतलीसडक जोड्ने मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २० लाख रुपैयाँ तोकिएको छ।

कमलपोखरीदेखि नक्साल चौर जाने मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २४ लाख रुपैयाँ रहेको छ।

त्यस्तै कमलपोखरी, एनआइडिसी क्यापिटल मार्केटसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २८ लाख प्रतिआना तोकिएको छ।

सामाखुशी चोक, नवजीवन कलेज, कपुरधारा चोक, गल्कोपाखा हुँदै लैनचौरसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना २४ लाख रुपैयाँ तोकिएको छ।

मित्रपार्कदेखि गुहेश्वरी मार्ग, खरिबोट कुमारी मार्ग, गौरीघाट मार्ग, पशुपति सडकका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य १८ लाख रुपैयाँ तोकिएको छ।

लैनचौर चोकदेखि, होटल ऱ्याडिसन, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना ३२ लाख रुपैयाँ तोकिएको छ।

भाटभटेनी सुपरमार्केट, विशालनगर, चण्डोल हुँदै चप्पल कारखाना धुम्बाराही चोकसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २८ लाख रुपैयाँ तोकिएको छ।

मित्रपार्क, कालोपुल, सानो गौचरण नक्साल हुँदै हात्तिसारसम्मको मुलसडकसँग जोडिएका जग्गाहरू। नक्साल भगवतीबहाल देखि दुरसञ्चार हुँदै प्रहरी पेट्रोल पम्प, नन्दी माध्यमिक विद्यालय हुँदै नागपोखरीसम्मको मुलबाटोसँग जोडिएका जग्गाहरू। नारायणहिटी संग्रहालयको पूर्व र उत्तर पर्खालको वरिपरिको बाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २८ लाख रुपैयाँ तोकिएको छ।

कालोपुलबाट उत्तर हिरारत्न सिनेमा, जेभियर्स कलेज हुँदै भत्केको पुलसम्म बाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य १८ लाख रुपैयाँ तोकिएको छ।

प्रहरी तालिम केन्द्र चोकबाट बालुवाटार, भाटभटेनी, नक्साल हुँदै कमलपोखरी चोक (मारवाडी सेवा सदन) सम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २६ लाख रुपैयाँ तोकिएको छ।

सानो गौचरण हुँदै उत्तर गहनापोखरी, टंगाल, हाँडीगाउँ मन्दिरदेखि धुम्बाराही हुँदै चक्रपथसम्म जोडिने धुम्बाराही मार्ग र प्रगति टोल मार्गका मुल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २४ लाख रुपैयाँ तोकिएको छ।

ज्ञानेश्वर चोकदेखि भैरव मन्दिर हुँदै सानो गौचरण चोकसम्मका दायाबाँया जग्गाहरुको मूल्य २४ लाख रुपैयाँ तोकिएको छ।

नेपाल राष्ट्र बैंक बालुवाटार हुँदै चक्रपथसम्म जोडिने लाम्टांगिन मार्गको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २६ लाख रुपैयाँ तोकिएको छ।

चक्रपथ बाहिर (जन मार्ग, मनमोहन मार्ग, शक्ति मार्ग, शिवप्रिय मार्ग, रारा मार्ग, साईबाबा मार्ग, एराहिटी मार्ग, बुद्ध मार्ग, नयाँ कोलोनी मार्ग, मिलीजुली मार्ग, शंख मार्ग, सिर्जनशील मार्ग) का मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य १६ लाख रुपैयाँ तोकिएको छ।

सुन्धारा चोक, भोटेबहाल हुँदै टेकु जोड्ने सडक, काठमाडौँ व्यापारिक मार्ग, जैसीदेवल, ओमबहाल हुँदै बसन्तपुर दरबार स्क्वायरसम्मको बाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ।

परोपकार केन्द्र, भीमसेनस्थान, काष्ठमण्डप, मरु, यट्खा, नरदेवी, न्ह्यःखा हुँदै क्षेत्रपाटीसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ।

सोह्नाखुट्टे ओरालो चोकदेखि पिपल्स क्याम्पस, तिब्बतियन गेष्टहाउस हुँदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ।

क्षेत्रपाटी चोकबाट पिपल्स क्याम्पस हुँदै सोह्रखुट्टे चोकसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ।

खानी तथा भूगर्भ विभागबाट भारतीय दुतावास मुल गेटसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ।

क्षेत्रपाटी चोक, ढल्को हुँदै विष्णुमती पुलसम्म, क्षेत्रपाटी चोकदेखि १७ वडा कार्यालय धोविचौर हुँदै ढल्कोसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २२ लाख रुपैयाँ तोकिएको छ।

असन बाङ्गेमुढा हुँदै न्हय्खा मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २२ लाख रुपैयाँ तोकिकएको छ।

हनुमानढोका पूर्व नयाँसडक, पुरानो काठमाडौँ महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै ईन्द्रचोकसम्म, न्यूरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौँ महानगरपालिका भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ।

खिचापोखरीबाट दक्षिणतर्फको भुला मार्ग, गणबहाल र भोटेबहालको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३६ लाख रुपैयाँ तोकिएको छ।

नयाँसडक गेटबाट उत्तर हुँदै महाबौद्ध (चिकं अटः) गणेशस्थानसम्म (भौंसीको मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३६ लाख रुपैयाँ तोकिएको छ।

चिकंअटः देखि इन्द्रचोकसम्म (ओटु मार्ग) सडकसँगजोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३६ लाख रुपैयाँ तोकिएको छ।

दुगम बहिल भौंसीको दोबाटोबाट पश्चिम साविकको रञ्जना हलको गेटसम्म (प्यूखामार्ग, फसिकेव मार्ग) र नयाँ सडक पिपलबोट दोबाटोदेखि उत्तर साविकको रञ्जना सिनेमा हलसम्म (रञ्जना मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३६ लाख रुपैयाँ तोकिएको छ।

साविकको रञ्जना हलबाट पश्चिम हुँदै इन्द्रचोक निस्कने फसिकेव मार्गसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ।

प्यूखा दोबाटोबाट गुच्चाः हुँदै ओटु पूग्ने बाटो (गुच्चाःमार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ।

भोंसीको (महाबौद्ध) बाट कान्तिपथ छुने सेन्टरको बीचको महाँकाल मन्दिर निस्कने) सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ।

केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मुलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ५० लाख रुपैयाँ तोकिएको छ।

माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्णपाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ५० लाख रुपैयाँ तोकिएको छ।

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वर सम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ५० लाख रुपैयाँ तोकिएको छ।

रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य पनि ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ।

पूतलीसडक, बागबजार, रत्नपार्क सम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ४० लाख रुपैयाँ तोकिएको छ।

पुतलीसडक कुमारी बैंक चोकदेखि पुरानो बसपार्कसम्मको (शुक्रपथ) मुलबाटो, प‌द्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २६ लाख रुपैयाँ तोकिएको छ।

केशरमहल उत्तर तर्फको पर्खालबाट पश्चिम लैनचौर हुँदै सोह्रखट्टे चोकसम्म, मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २६ लाख रुपैयाँ तोकिएको छ।

सोह्रखुट्टे चोकदेखि बालाजु रिङरोड चोक सम्मको मुलबाटोसँग जोडिएका जग्गाहरू र सोह्रखट्टे चोकदेखि दक्षिण इन्द्रायणी मन्दिर (क्षेत्रपाटीबाट आएको बाटो जोडिएको) चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २६ लाख रुपैयाँ तोकिएको छ।

अमृत साइन्स कलेज (ठमेल गल्कोपाखा छुट्याउने चोक) देखि र दुग्ध विकास क्षेत्रमा २८ लाख रुपैयाँ तोकिएको छ।

नारायण गोपाल चोक (चक्रपथ) देखि उत्तर सहिद गङगालाल हृदयरोग प्रतिष्ठान हुँदै चावहिल मालपोत कार्यालयको कार्यक्षेत्रको सीमानासम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको

बालाजु रिङरोड चोकदेखि औद्योगिक क्षेत्र हुँदै बाइपास चोकसम्म, बाइपास चोकदेखि चक्रपथ माछापोखरी चोकसम्म मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य २२ लाख रुपैयाँ तोकिएको छ।

चःमती जग्गा एकीकरण आयोजनाको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू मूल्य २२ लाख रुपैयाँ तोकिएको छ।

त्यस्तै सहायक पिच, कच्ची मोटरबाटो र गोरेटोमा पर्ने जग्गाको मूल्य छुटसहित निर्धारण गरिएको छ।


प्रकाशित : सोमबार, असार ३० २०८२१८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend