काठमाडौं- एनआईसी एसिया बैंक र ई-स्टप नेपाल प्रालिबीच रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। बैंकका ग्राहकहरुलाई उक्त छुट उपलब्ध हुने सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुनराज खनिया ले बताए।
अब एनआईसी एसिया बैंकका ग्राहकहरुले ई-स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेशन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्छन्।
ई-स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेशनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्छन्।
ग्राहक महानुभावहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो-बैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सकिन्छ।
दीगो ग्रुप अफ कम्पनीअन्तरगत रहेको ई-स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रबद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।