सोमबार, असार ३० गते २०८२    
सोमबार, असार ३० २०८२
images
images

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

images
आइतबार, असार २९ २०८२
images
images
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महानगरले पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ।

images
images

आइतबार राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गरेकी हुन्।

images
images

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी उक्त रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो।

images
images
images

महानगरले पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ। 

आज आइतबार नै नगरसभा बैठकको सुरुमा महानगर प्रमुख बालेन शाहले नीति तथा कार्यक्रम पेश गरेका थिए। नीति तथा कार्यक्रम पास गर्नासाथ उपमेयर डंगोलले बजेट पेश गरेकी हुन्। 

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने र २५ गतेभित्र नगरसभाबाट पास गर्नुपर्ने प्रावधान छ। काठमाडौं महानगरले भने प्रमुख कार्यकारी अधिकृत र मेयरको विवादका कारण बजेट समयमै ल्याउन नसेकेको हो। 


प्रकाशित : आइतबार, असार २९ २०८२१६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend