शनिबार, असार २८ गते २०८२    
शनिबार, असार २८ २०८२
images
images

विकासको अर्थ जनसंख्या ह्रास हो भने 'इट्स भेरी डेन्जरस्'

images
शुक्रबार, असार २७ २०८२
images
images
विकासको अर्थ जनसंख्या ह्रास हो भने 'इट्स भेरी डेन्जरस्'

'देश बनाउने भनेको सजिलो होइन। असल मान्छेहरुबाट मात्रै देश बन्न सक्छ। त्यसकारण एउटा जनसांख्यिकी असन्तुलनतर्फको यात्रा छ। अहिले जति जनसंख्या वृद्धिदर चाहिन्छ, त्यो नभएर त्यसको नकारात्मक प्रवृत्तितिर हामी छौँ।'

images
images

कुनै पनि देश हुनका लागि जनसंख्या चाहिन्छ। जनसंख्याबिना देश हुँदैन। पहिलो शर्त जनसंख्या हो। जनसंख्या भयो भने जनसंख्याले देश बनाउँदो पनि रहेछ। कति वर्ष देश नभएको जनसंख्याले देश बनाएको हामीले देखेका छौँ।

images
images

इजरायलसँग देश थिएन। दोस्रो विश्वयुद्धको लगत्तैपछि इजरायल देश बन्यो। किनभने, त्यो बनाउने जनसंख्या थियो। भूगोलले देश बनाउँदैन। भूगोल त जनसंख्या र बसोबासभित्रको नियन्त्रणको क्षेत्र देश हुँदो रहेछ। त्यसो भएर जनसंख्या सबैभन्दा महत्वपूर्ण कुरा हो।

images
images

मैले अक्सर भन्ने गर्छु, यदि मानव जाति हुँदैनथ्यो भने यो पृथ्वी अर्थहीन हुन्थ्यो। यहाँको विकास कसले बुझ्दिने, विकासको आवश्यकता किन पर्ने, जंगली जनावरलाई विकास हुनुले के फाइदा? यहाँको सुन्दरताको अनुभूति कसले गर्दिने? कति सुन्दर पृथ्वी, कस्तो प्रकृति, कस्तो प्राकृतिक छटा, कस्तो सृष्टि, कस्तो लय, कस्तो विनास, कस्तो साइकल सृष्टिको, लयको र विनाशको!

images
images
images

यो सौर्यमण्डल पृथ्वी नभए के अर्थ हुन्थ्यो? कसले थाहा पाउन्थ्यो, यो ब्रम्हाण्डको के अर्थ थियो? यी तारा नक्षत्रहरु र ग्रहहरु घुम्नुको के अर्थ थियो? यीनको अस्तित्वको के अर्थ थियो? त्यसलाई नै बुझ्ने मान्छे भएन भने अर्बौँ र खर्बौँ अझ धेरै खर्ब वर्षहरु कति वर्ष यो भनेको त एउटा परिकल्पित कुरा हो। यो परिकल्पना कसले गर्‍यो, समय कसले बाँड्यो, कसले समय सिर्जना गर्‍यो, कुन मान्छेको जन्म र कुन मान्छेको मृत्युलाई के आधार बनाएर अघि र पछि बनाइबनाइकन समय बाँडेर, यो सबै मान्छेको लिला हो। यही मान्छे भएन भने के काम भयो र?

त्यसकारण जनसंख्या छ र प्रकृति-सृष्टिको अर्थपूर्ण छ। मानिस छैन भने प्रकृति र सृष्टि अर्थपूर्ण छैन। धर्तीमात्रै हो, जहाँ मानिस छ। त्यसकारण यस धर्तीको सौर्यमण्डलमा मात्रै होइन कि विश्व ब्रहमाण्डमा सबैभन्दा महत्वपूर्ण सौर्यमण्डल कुनै छ भने हाम्रै सौर्यमण्डल हो। ग्यालेक्सी कुनै छ भने हाम्रै ग्यालेक्सी हो। ग्रह कुनै छ भने हाम्रै ग्रह, यही पृथ्वी नै विश्वका सृष्टिहरु मध्ये, नक्षेत्रका उपजहरुमध्ये, ब्रम्हाण्डका उपजहरुमध्ये यो ग्रह नै विश्वको सृष्टिको सर्वोत्कृष्ट हो।

यो ग्रहमा सिर्जना भएका, यो ग्रहलाई यस गरिमामय स्थानमा पुर्‍याउने कामको वास्तवमा अर्थ नै मानवजातिको अस्तित्वसँग छ। तसर्थ, यदि मानवजाति नभए के काम? तसर्थ, हामी मानव जातिको अस्तित्व, मानवजातिको सुख, समृद्धि, सुखपूर्ण अस्तित्व, सुखपूर्ण अस्तित्व भएन भने फेरि अस्तित्व लोप हुन्छ। त्यसकारण अस्तित्व रक्षाका लागि कतिपय जीवजन्तु किन खत्तम हुँदैछन् भने सुखपूर्ण छैन।

मानवजातिको अस्तित्व अहिलेसम्म खतरामा छैन। तर मानव जातिका आनीबानी आदि कुराहरुले गर्दा अस्तित्व अलिकति खतरामा पर्ने सम्भावना छ। त्यसकारण यसपट्टी अब ध्यान दिने बेला भयो। एजिङ पपुलेसनको कारणले दुनियाँलाई अलिक चिन्तित बनाउन थालेको छ। जनसांख्यिकी बनोट नकारात्मक दिशातर्फ फर्किनु भनेको राम्रो संकेत भएन।

जनसंख्या एकदमै बढेर बिस्फोटको एउटा समय थियो। हामी जनसंख्या बिस्फोट भन्थ्यौँ। त्यसबेला परिवार नियोजन संस्थाहरु बने। रेडियो खोल्नेबित्तिकै परिवार नियोजन! सन्तानहरुले डाँडाकाँडा ढाकुन् नभन भनेर कराउँथ्यो। कत्रो चिन्ता थियो, सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर। बुढाबुढीले आर्शिवाद दिँदा सन्तानले डाँडाकाँँडा ढाकुन् भनेर भन्नुहुन्थ्यो, रेडियो खोल्नै हुँदैनथ्यो, खोल्नेबित्तिकै सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर गीत गाउँथ्यो। दुनियाँमा जनसंख्या एकदम तीव्र गतिका साथ बढिराखेको थियो।

विकासले जनसंख्याको बढ्दो ट्रेन्डलाई घट्दोतर्फ फर्कायो र कतिपय देशमा जनसंख्या स्टेबल (स्थिर) छैन र माइनस(ऋणात्मक)तिर गएको छ। जहाँ बढी विकास छ, त्यहाँ ऋणात्मकतिर गएको छ अथवा विकासले जनसंख्यालाई स्टेबल (स्थिर) राख्नुपर्दथ्यो तर स्थिर राख्न सकेन। जनसंख्या मानवीय नियन्त्रणभन्दा कहिले बिस्फोटक दिशामा गइदिने, कहिले फेरि नकारात्मक दिशामा जाने प्रवृत्तिहरु देखा परे।

विकास अनिवार्य छ। अवश्यमभावी छ। विकास गर्नैपर्छ र हुनैपर्छ। विकास हुन्छ नै, अवश्यमभावी छ। विकासको अर्थ जनसंख्या ह्रास हो भने इट्स भेरी डेन्जरस्। त्यसकारण यो चिन्ताको विषय पनि हो।

मुख्य कुरा जनसंख्याको विषय भनेको डेमोग्राफिक ब्यालेन्स हो। यो घट्दै गएर नजाओस्। यसका कारणहरु के छन् त? विवाह ढिलो गर्नु हो कि? विकास र उन्नतिको आकांक्षाले गर्दा सन्तानप्रति कर्तव्यबोध हुन नसकेको हो कि? अथवा मानवीयभाव, मातृत्वभाव, पितृत्वभावको न्यूनता आएको हो कि? अर्थात् मानवीयभावको न्यूनता आएको हो कि? बच्चाहरुप्रतिको प्राकृतिक स्नेहमा न्यूनता आएको हो कि? के भइराखेको हो? यसका मनोवैज्ञानिक विश्लेषणहरु हुनु आवश्यक छ।

मान्छे यति स्वार्थी भयो कि आफ्नो भविष्यका लागि सन्ततिको वास्ता नगर्ने। अथवा जन्माउँदै नजन्माउने भएपछि धर्ती बाँझो हुने भयो, बाँझो भयो भने सबै फेरि गयो। त्यसले ब्रहमाण्डको अर्थ छैन। पृथ्वीमा मात्रै मानव छ। मावनमात्रै श्रेष्ठ छ। प्रकृतिले सिर्जना गरेका सबैभन्दा श्रेष्ठतम् कुरामा के होभन्दा मानव मस्तिष्क हो। त्यही मास्तिष्क भएको मानिस धर्तीमा भएन भने!

मानिसले गज्जब गरेको छ, कहाँ छ चन्द्रमा ताकेर जान्छ, बस्छ र फर्किएर आउँछ। आकास आकास नै दुई चारसय मान्छे बोकेर, कति-कति टन भारी बोकेर आकाशमार्ग गरेर जान्छ। बादलभन्दा धेरै छिटो उड्छ। मान्छेले त उधुम गरेको छ। हामीलाई देख्दा सामान्य लाग्न थाल्यो तर यी सामान्य कुरा त होइनन् नि! मान्छेले यही प्रगति गरेको छ। अनि त्यही मान्छे भएन भने? त्यसकारण म सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी सचेत हुन जरुरी छ।

मानिसजति मूल्यवान् चिज अर्को छैन। यो हाम्रा लागि मात्रै होइन। यो सृष्टि सिर्जनाकै लागि मानवजति मूल्यवान चिज अर्को छैन। प्लिज मान्छे मार्नेहरु मान्छे मार्न छोड, युद्ध गर्नेहरु युद्ध गर्न छोड, मान्छे मार्ने हतियार उत्पादन गर्नेहरु हतियार उत्पादन गर्न छोड। गोष्ठी जनसंख्या डेमोग्राफिक इम्ब्यालेन्स भयो भनेर गर्दै गर्ने, उता हतियार बनाउँदै गर्ने, एकैपटक मासडिस्ट्रक्शनका हतियार बनाइदिने। यस बारेमा चिन्ता गर्दै गोष्ठी सेमिनार गर्दै गर्ने, खर्च पनि गर्ने।

अर्को कुरा, मेरा पनि छोराछोरी छैनन्। सायद मैले समयमै बिहे नगरेर पनि होला। मैले छोराछोरी भएन भनेर जचाउनतिर लागिनँ। ध्यान दिइनँ। तर हामी यति व्यस्त हुनुहुँदैन, जसले सन्तान वा उत्तराधिकारी जन्माउने काम नगरोस्।

हामीलाई हरेक अफिसमा उत्तराधिकारी चाहिन्छ। एउटा सचिव जानेबित्तिकै अर्को सचिव तुरुन्तै नियुक्त गर्नुपर्छ। सचिव बढुवा हुनेबित्तिकै फेरि सहसचिवलाई बढुवा गर्नुपर्छ। रिक्त्त हुनेबित्तिकै फेरि आह्वान गर्न लोकसेवा चाहिन्छ। उत्तराधिकारी हरेक ठाउँमा चाहिने, अनि घरमै उत्तराधिकारी छैन! त्यसो भएर पहिलो कुरा मानवीय अस्तित्व र सृष्टिको सार्थकताका लागि हो। यो सानो कुरा होइन। सृष्टिको सार्थकताका लागि डेमोग्राफिक इस्यु सर्वाधिक महत्वको यसकारणले हो।

यही धर्तीमा कतै जनसंख्या धेरै छ, कतै कम छ भने यताको र उताको ल्याउँला। डीभी खोल्दै लाँदै गरेको हामीले त देखेकै हो नि। जमिन धेरै छ, मान्छेको आवश्यकता छ भने डीभी हालेर झिकाउन सकिहालिन्छ। तर, धर्तीमै डीभी हाल्दा पनि नपाइने भयो भने के गर्ने? मान्छे छैन भने डीभी हाल्ने त कोही पनि हुँदैन। अनि के गर्ने? त्यसकारण यसमा आत्मनिर्भर हुनुपर्‍यो। 

मैले केही समयअघि युवाहरुको एउटा कार्यक्रममा भनेको थिएँ, २० वर्षपछि बिहे गर्न सरकारले उमेर खोल्दिएको छ। भन्यो भने फेरि केहीले इस्यु बनाएर कुद्छन्। तर, हाम्रो तराईमा कल्चरल्ली नै २० वर्षसम्म छोरी टिकाउनु भनेको साह्रै गाह्रो कुरा भइराखेको छ। अविवाहित हिसाबले टिकाउन धेरै गाह्रो भइराखेको छ।

मैले युवाहरुलाई भनेको थिएँ कि सकेसम्म २० वर्षपछि तुरुन्तै बिहे गरिहाल। छोराछोरी तीनवटा बनाउ। ३० वर्षभित्र तीनवटा छोराछोरी बनाउ, अनि काममा लाग। ठूलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म। कान्छी छोरी हुँदासम्म जेठी छोरी हुर्किसकेको हुन्छ।

आजकाल के छ भने, बाबुआमालाई पैसा कमाउन थालेपछि आजकाल कोक्रामा सुताउने स्कुल छन्। बच्चाबच्चीलाई स्कुल हाल्दिने। कोक्रामा सुताउने स्कुल, बामे सराउने स्कुल, ओल्टाउने पल्टाउने स्कुल, धुलो खेलाउने स्कुल, प्याप्या बजाउने सबै खालका स्कुल छन् हेरविचार गर्नलाई। त्यतापट्टी धेरै चिन्ता गर्नु पर्दैन। तसर्थ, विभिन्न व्यावसायिक विविधताले पनि आजकाल सजिलो बनाएको छ। यसमा पनि धेरै चिन्ता गर्नु परेन।

देशलाई पुग्ने जनसंख्या हुनुपर्‍यो। हामी कहाँ देशलाई पुग्ने जनसंख्या छ। जनसंख्याको व्यवस्थापन अझै हुन सकेको छैन। त्यसकारण हाम्रा युवाहरु के गीत गाउँछन् भने, '४० कटेपछि रमाउँला'। महिलाहरुको प्रजनन क्षमता ४० कटेपछि अत्यन्तै न्युन हुन्छ वा प्रायः हुँदैन। अनि ४० कटेपछि रमाउला भनेर हुन्छ? त्यसकारण २० वर्ष पुगेपछि बिहे गर र सन्तान जन्माउ। त्यसमा युवायुवतीहरुलाई प्रेरित गर्नुपर्छ, प्रोत्साहित गर्नुपर्छ। मान्छेहरुले हाहु गरेर हाँसो मजाकमा उडाउँछन्। त्यो बेग्लै कुरा हो। तर यो गम्भीर कुरा हो। जतिबेला प्रजनन् क्षमता बढी छ, त्यतिबेला जन्माउनुपर्छ। पछि ढुक्कले काम पनि गर्न पाइन्छ, केटाकेटी पनि हुर्किहाल्छन् र पढ्छन्, आफ्नो काममा लाग्छन्। छोराछोरीको उन्नति प्रगति पनि राम्ररी देख्न पाइन्छ। नातीनातिना खेलाउने रहर पनि पूरा गर्न पाइन्छ, पनाती खेलाउने रहर पुर्‍याउन पाइन्छ। अब अलिकति ६०/७० वर्षभन्दा मुनिका मान्छेलाई नातिनातिनी खेलाउने रहर भनेको के हो, थाहा हुँदैन। नातिनातिनी खेलाउने, पनाती पनातिनी खेलाउने संयुक्त परिवार प्रणाली छ, यो असाध्यै महत्वको व्यवस्था हाम्रा पूर्वजहरुले स्थापना गरेका छन्।

परिवार भनेको एकल परिवार होइन। भाले पोथी र बच्चा चराको पनि हुन्छ नि। त्यो परिवार हुन्छ? गाईको पनि एउटा बाछो हुन्छ, बाछी हुन्छ। त्यो परिवार हुन्छ? हुँदैन। परिवार भनेको परिवारको रुपमा हुनुपर्‍यो। त्यो हाम्रो समाजमा हुन्छ। यसलाई हामीले कायम गर्नुपर्छ। पारिवारीक प्रणाली, मानवता, पारिवारिक सद्भाव, नाता सम्बन्ध, वसुधैव कुटुम्बकम् विश्व नै कुटुम्ब भनेको छ। कुटुम्बको कसैलाई केही मतलब नै छैन। आफैआफै मै खाउँ, मै लाउ, सुखसयल वा मोज म गरुँ। आफ्नो स्वार्थका लागि श्रीमतीसँग सम्बन्ध विच्छेद गर्छ, कान्छी ल्याउनलाई जेठीसँग सम्बन्ध विच्छेद गर्छ, धुरुधुरु रुवाएर। त्यस्ता पनि यहाँ छन् नि। त्यो खालका तरिका छोड्नुपर्छ। मानवीय भावना, पारिवारिक भावना, पारिवारिक आत्मियता, छिमेक सम्बन्ध, छिमेकी-छिमेकीको बीचमा सुमधुर सम्बन्ध, समुदायमा सुमधुर सम्बन्ध हाम्रो तरिका यो हो। स्वार्थमात्रै सिक्ने होइन, उन्नति गर मानवीय भावनाका साथ। मानवताका साथ उन्नति गर। प्रगति आफ्नो गर, सहयोग अरुलाई गर। यो भावना हामीमा हुनुपर्छ।

हामीले हरेक स्वस्थ र सक्षम नागरिक तयार गर्नु छ। हाम्रो डेमोग्राफिक प्रश्नको अर्को महत्वपूर्ण कुरा त्यो हो। एउटा एक्जिस्ट्यान्सको कुरा, दोस्रो स्वस्थ, सक्षम, देशभक्त, कर्मठ र सक्षम हुनुपर्छ। त्यसका लागि शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ हुनुपर्छ। अहिले मानिस शारीरिक हिसाबले पनि कम स्वस्थ छ। फुड ह्याविटले गर्दा स्वस्थ छैन। उपलब्ध खान त खानु पर्‍यो नि, जो उपलब्ध त, त्यो स्वस्थ छैन। समस्या त्यो छ। किनेर पनि स्वस्थ खान पाइँदैन। विषादीयुक्त चिज किनेर खानुपर्छ। विषादी किनेर खानुपर्ने बाध्यतामा हामी छौँ। यो बाध्यता कसरी हटाउने, डेमोग्राफिक प्रश्नको एउटा अर्को कुरा हो कि हामीले स्वस्थ जीवन रहनका लागि पेट भर्ने खाना होइन, स्वस्थ रहने खानाको प्रबन्ध गर्नुपर्छ। यो जनसंख्या नीति, डेमोग्राफिक पोलिसीले इन्डिकेट गर्दिने र अरु सरोकारवाला मन्त्रालयले आआफ्ना काम गर्ने। समाज सचेत भएर यस्ता प्रयासहरुमा लाग्ने।

अहिले समाज गम्भीर हुनुपर्ने ठाउँमा गम्भीर छैन। कति छिटो आवेशमा आउँछ, कति छिटो उत्तेजना आउँछ मान्छेलाई, छक्क पर्छु। के भएको फेरि? हामी त एउटा सभ्रान्त पुर्खा र पुस्ताका सन्तान हौँ। हामीलाई त त्यो सभ्यता कता गयो गयो, अर्काको चरित्र हत्या गर्न मन लाग्छ, अरुलाई जथाभावी गालीगलौज गर्न मन लाग्छ, के भएको? हाम्रो त विनयशीलता थियो, झुक्थ्यौँ, भेट्दा नमस्ते गर्दैथ्यौँ। आजकाल नमस्ते गर्नु भनेको ढाँडै कुप्रिहाल्छ कि जस्तै गर्छन्। हात जोडियो भने छुट्दैन कि जस्तो डरले हात हामी जोड्न सक्दैनौँ। नक्कल गर्न सुगालाई ६ महिना लाग्छ, हामीलाई एकैछिनमा, कोही भेट्यौँ भने हाई! गर्छौँ। एकपटक होटलमा गयो भने, बच्चाबच्चीहरुले हुक्का राखेको हुन्छ, एउटाले खाउँ न भन्छ, एकैछिनमा ख्वार्रख्वार्र पार्छ।

बिग्रिन कति सजिलो र कति छिटो हुन्छ तर सप्रिन! जिन्दगीभर राम्रो काम गर्नुस्, बल्ल राम्रो मान्छे हुनुहुन्छ। एकदिन बाटो बिराउनुस्, नराम्रो काम गर्नुस् खराब मान्छेमा तपाईँको चर्चा हुन्छ। त्यसकारण बिग्रिन सजिलो छ। सप्रिन जिन्दगीभरी अडानमा बस्नुपर्छ। आफूलाई नियन्त्रण गर्नुपर्छ र आत्मनियन्त्रक हुनुपर्छ। हामी नेपालीहरुले जिम्मेवार, आत्मनियन्त्रक जसले आफूलाई पहिले गलत विचार लिनबाट, गलत क्रियाकलाप गर्नबाट, गलत काम गर्नबाट आफूलाई जोगाउनुपर्‍यो र राम्रा विचार, राम्रा अभिव्यक्ति र राम्रा कामतर्फ हामीलाई लगाउनुपर्‍यो।

अहिले त मान्छे कस्तो भयोभन्दा राम्रो केही भन्नै हुँदैन। राम्रो देख्यो भने कच्याककुचुक पार्न मन लाग्ने। कति राम्रो गुलाफको फूल भन्यो भने, ह्याँ के राम्रो त्यो, यस्तो पनि हुन्छ भनेर फाल्छन्। राम्रो भनेको सुन्नै नहुने। एउटा मात्रै राम्रो भनेको सुन्न पर्ने, हजुर राम्रो हुनुहुन्छ भन्यो भने, अँ, ठीक छ। अरु केही राम्रो भन्नै नहुने। मान्छेमा त्यो प्रवृत्ति, कस्तो संर्कीणता मान्छेमा आइराखेको छ? एक ढंगले भन्ने हो भने समाजमा अस्वस्थता शारीरिक, मानसिक यो खानपिनले गरेको हो कि, यो विषादी किनेर खाएर हो कि, के भएको मान्छे, विषाक्त मनस्थिति, विषाक्त विचार, विषाक्त अभिव्यक्ति, विषाक्त क्रियाकलाप? त्यस्तो खालको प्रवृत्ति मान्छेहरुमा छ। त्यसकारण हामीले स्वस्थ, विषादी र विषाक्तताबाट मुक्त त्यस्तो मानव र नागरिक, जो देश बनाउने कुरापट्टी लाग्नुपर्छ। देश बनाउका लागि आफूआफू बने पुग्छ। सबै मान्छे बन्दिए भने सरकारले बाटा बनाए पुग्थ्यो। आफूआफू मान्छे बन्यो भने सरकारले धेरै केही गर्नुपर्दैन नि।

अब यहाँ कस्तो भने प्रशस्त धन छ, तर धन भए पनि पढ्ने बेलामा छात्रावृत्ति चाहिन्छ। सरकारको काम के हो, निशुल्क शिक्षा चाहिँदैन भन्छ । सरकारलाई कर तिर्नु न भन्दा भरसक यो हिसाब मिलाउ न है भनेर त्यहाँ कर्मचारीहरुलाई भन्छ। ए सीए साप तपाईँलाई यहाँ हिसाब जाँच्नमात्रै होइन, हिसाब मिलाउनुस्, तपाईँलाई यसो दशै आउन लागेको छ भन्छ। सीए सापलाई पनि मिलाएर यताउति गरेर गर्छ। ठेकदारकहाँ जाँचकी आउँछ, उसलाई मिलाएर जस्तो क्वालिटीको भए पनि पास गराउने प्रवृत्ति छ। यस्ता कुराबाट जोगिनुपर्छ।

देश बनाउने भनेको सजिलो होइन। असल मान्छेहरुबाट मात्रै देश बन्न सक्छ। त्यसकारण एउटा जनसांख्यिकी असन्तुलनतर्फको यात्रा छ। अहिले जति जनसंख्या वृद्धिदर चाहिन्छ, त्यो नभएर त्यसको नकारात्मक प्रवृत्तितिर हामी छौँ। अहिले हामी १.९ प्रतिशतमा छौँ तर २ भन्दा बढी चाहिन्छ। २ भन्दा बढी चाहिने ठाउँमा त्योभन्दा कमको वृद्धिदर भनेको यो अलिकति डरलाग्दो कुरा हो, सानोतिनो असरले माइनसमा स्वाट्टै जान सक्छ।

अब डेमोग्राफिक डिभिडेन्ट भएन भने वा डेमोग्राफिक सन्तुलन भएन भने त्यसले दुष्परिणाम ल्याउँछ। त्यस्तो डेमोग्राफिक सन्तुलन स्वस्थ, तन्दुरुस्त, सक्षम व्यक्तिहरुको समाज हामीले निर्माण गर्नुपर्छ। यसका निम्ति हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य, हाम्रो विकास, हाम्रो भोजन, हाम्रा काम क्रियाकलाप आदि कुराहरु स्वस्थकर हुनु पर्दछ।

मान्छेले काम गरिरहँदा आम्दानीमात्रै हेर्ने होइन, स्वास्थ्य हेरिनु पर्छ। स्वास्थ्यबिनाको आम्दानी के गर्ने? त्यसकारण आम्दानी हेर्दा स्वास्थ्य प्राथमिकतामा राखेर हेरिनुपर्छ। उद्यमीहरुले, व्यवसायीहरुले मजदुरलाई काममा लगाउँदा उहिलेको जस्तो होइन, अब मजदुरको स्वास्थ्यलाई मध्यनजरमा राखेर काम लगाउनु पर्छ। अस्वस्थ वातावरणमा होइन, स्वस्थ वातावरणमा, प्रसन्न चित्त हुनका लागि सम्मानजनक ढंगले काम लगाउने, पुग्ने खालको तलबको प्रबन्ध, सामाजिक जीवन चल्नुपर्‍यो, त्यो चल्नेगरिको तलब वा आम्दानी, आम्दानी र खर्चका बीचमा हरेक नागरिकको बचतको स्थिति, यी कुराहरुको सन्तुलनबाट डेमोग्राफिक सन्तुलन ल्याउन सकिन्छ र उपयोगी जनसांख्यिकी स्थिति देशमा मौजुदा हुन्छ। यी चिजहरु हामीले गर्नु पर्नेछ।

हामी विश्व मानव जातिका लागि योगदान गर्न सक्छौँ। हाम्रा शान्तिवादी पक्ष, मानवतावादी पक्ष, मानव पक्ष विचार र व्यवहारहरुले, क्रियाकलापहरुले विश्व मानव समुदायमा सकारात्मक योगदान पुर्‍याउन सक्छौँ। आज पुर्‍याइराखेका छौँ तर कसरीभन्दा युद्ध भइराखेका ठाउँमा नेपाल युएन अन्तर्गत जुन पिसकिपिङ फोर्समा जान्छ, त्यसमा फोर्स उपलब्ध गराउने देशमा नेपाल पहिलो छ। नेपालले योगदान गरेको छ, मान्छे बचाउने कुरामा योगदान गरेको छ।

कुनै क्रियटिभ कुरामा योगदान गर्न पाए हुन्थ्यो तर हामीले मान्छेबाट मान्छे बचाउने कुरामा, त्यहीँका दुईपक्षीय मान्छेहरु लडेर, त्यहीँका दाजुभाइ दिदीबहिनीहरु लडेर, त्यहीँको समाजलाई बर्बाद पार्ने कुरालाई जोगाउने कुरामा पो हामी लाग्नु परिराखेको छ। योभन्दा क्रियटिभ कुरामा लाग्न पाए कति राम्रो हुन्थ्यो! हाम्रो त्यो जनसंख्या, हामी त्यहाँ जान जरुरी छ किनभने हामी असंलग्न राष्ट्रका मान्छे हौँ, हामी तटस्थ छौँ र त्यो कायम गर्छौँ। हामी त्यो कायम गर्न सक्छौँ।

हाम्रो शत्रु भनेपछि लड्न पनि सक्ने र तटस्थ बस्ने, नलड्ने भनेपछि नलड्न पनि सक्ने, तटस्थ भएर बस्न पनि सक्ने, निष्पक्ष भूमिका खेल्न पनि सक्ने छौँ। त्यसैकारण त हामी सानो देश भएर पनि विश्वस्नीय छौँ। त्यसकारण संयुक्त राष्ट्रसंघमा पिसकिपर्समा हाम्रो संख्या विश्वमा एक नम्बरमा छौँ। किनभने सानो देश भए पनि हामी विश्वस्नीय छौँ। सानो सेना छ, हाम्रो सानो सुरक्षा शक्ति छ तर पनि हामी किन पिसकिपिङ फोर्समा नम्बर एक छौँ भन्दा हाम्रो निष्पक्षता र हामी अप्ठ्यारा ठाउँहरुमा गएर पनि हाम्रो कर्तव्य पूरा गर्छौँ। तर हामीले त्यस कुरालाई उत्पादनको काममा लगाउन पाएको भए, ती मान्छेलाई हामीले एआईतिर लगाउन पाएको भए, विज्ञान र प्रविधिको प्रयोग गरेर विकासका काममा त्यो जनसंख्या त्यतापट्टी लगाउन पाएको भए, त्यतापट्टी हामीले सदुपयोग गर्न पाएको भए हामीलाई पनि फाइदा हुन्थ्यो, विश्वलाई पनि फाइदा हुन्थ्यो।

तर, आजको वर्तमान रियालिटी के हो भने त्यसरी सम्पूर्ण मानव जाति मानवीय भावनाले एकअर्कामा स्नेह र सद्भावका साथ यस विश्वलाई सुन्दर बनाउने र यसको भविष्य सुरक्षा गर्ने कुरामा लागिराखेको छैन, लाग्न सकिराखेको छैन। विश्वका शक्ति राष्ट्रहरुले यो सोच्नु पर्ने विषय हो। वास्तवमा सुप्रिमेसी, डोमिनेसन र कन्ट्रोल अहंकारका उपज हुन्, स्वार्थका उपज हुन्। मित्रता, बन्धुत्व, सहअस्तित्व, सहकार्य यी कुरा सालिनता, मानवता र विनम्रताका पक्षहरु हुन्। यी कुरा शान्तिका पक्षहरु हुन्। नेपाल सदैव शान्तिको पक्षमा छ।

यस्तो देशमा हामी डोमोग्राफिक इस्युमा कन्सस् हुनुपर्दछ कि हामी कस्तो र कुन साइजको जनसंख्या, कमसेकम जनसंख्या वृद्धिदर पहिलो कुरा ऋणात्मकतातिर जान दिनुहुँदैन। दोस्रो, स्वस्थ, दक्ष, सक्रिय, इमानदार, निष्ठावान् जनशक्ति, जसभित्र वसुधैव कुटुम्वको भावना छ, मानवतावादी भावना छ, त्यस्तो जनशक्ति, कर्मठ जनशक्ति तयार गर्न सकियोस्। जसले योजनाबद्ध ढंगले आफ्नो देश र विश्वको सम्बन्धमा विचार गर्न र काम गर्न सकोस्।

मन्त्रालयले मेहनत गरेर जनसंख्या नीति ल्याएको छ। यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यसमा कमीहरु छँदै छैनन्, हुँदै हुँदैनन् भन्न सकिँदैन, कमीहरु भएदेखि हामी ग्रहणशील छौँ। जोसुकै साथीहरुले पनि यसमा भएका कमीकमजोरीहरु र सुधार गर्नुपर्ने र विकास गर्नुपर्ने कुराहरु देखाइदिन सक्नुहुन्छ। ती कुराहरु खास गरेर मन्त्रालयले ग्रहण गर्ने छ र त्यसलाई राष्ट्रिय नीतिको परिमार्जनका रुपमा फेरि परिमार्जित नीतिको रुपमा अगाडि बढाइने छ। यो नीति ग्रहण गरौँ र आलोचनात्मक चेत भन्छन्, त्यो होइन, विश्लेषणात्मक चेत हामीलाई चाहिन्छ। आलोचनात्मक चेतले देश आक्रान्त भइसक्यो। जेमा पनि आलोचना। जेमा पनि आलोचना होइन, रचनात्मक सुझाव र टिप्पणी हुनुपर्छ। विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ र यहाँनिर कमजोर भयो भनेर देखाउन सकिन्छ। त्यो खालको प्रवृत्ति विकास गर्न जरुरी छ। त्यो कुरा आओस् भन्ने म आग्रह गर्न चाहन्छु।

तपाईँहरु सबै स्वस्थ रहनुहोस्, प्रसन्न चित्त रहनुहोस्। प्रसन्न चित्त रहन सकेन भने डिप्रेसन भनेको त्यही हो। चित्त अर्कासँग हुँदैन, आफैसँग हुन्छ। अरु बनाउने कुरा छोड्दिनुस्, आफैँसँग भएको चित्त पनि ठीक ठाउँमा राख्न सक्नुहुन्न भने के ठीक राख्नुहुन्छ त? श्रीमानको असन्तुष्टि होला, श्रीमतीको असन्तुष्टि होला, छोराछोरीको असन्तुष्टि होला, बाबुआमाको असन्तुष्टि कसरी सम्बोधन हुन्छ, आफ्नै चित्त ठेगानमा छैन भने? त्यसकार वि ह्याप्पी (प्रसन्न हुनुस्)।

प्रसन्न चित्त रहौँ, सबैलाई प्रसन्न चित्तका साथ स्वस्थ रहन आग्रह गर्दछु। आज विश्व जनसंख्या दिवस, डेमोग्राफिक इस्युमा विशेष ध्यान दिऊँ। हाम्रो युवा पुस्तालाई जनसंख्याप्रति सजग रहन सचेत गराऔँ। 

(प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या नीति सार्वजनिकीकरण कार्यक्रममा व्यक्त गरेको विचार)


प्रकाशित : शुक्रबार, असार २७ २०८२१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend