शनिबार, असार २८ गते २०८२    
शनिबार, असार २८ २०८२
images
images

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह

images
शुक्रबार, असार २७ २०८२
images
images
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्।

images
images

विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए।

images
images

'मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ। जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन। हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्छ', प्रधानमन्त्री ओलीले भने, 'सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्काे छैन। कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरु यो धन्दा छोड। जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन। जनसाङ्ख्यिक असन्तुलनलाई कायम रहन दिनु हुँदैन।'

images
images
images

प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानूनी प्रबन्ध गरेको उल्लेख गर्दै समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र '४० कटेपछि रमाउँला' भन्ने गीतमा नअल्मन आग्रह गरे।

उनले 'सन्ताले डाँडाकाढा ढाकुन्' नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गर्दै विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने बताए।


प्रकाशित : शुक्रबार, असार २७ २०८२१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend