शनिबार, असार २८ गते २०८२    
शनिबार, असार २८ २०८२
images
images

सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

images
शुक्रबार, असार २७ २०८२
images
images
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले महिलाको सशक्तिकरणका लागि संविधानमा भएको व्यवस्था व्यवहारमा अवलम्बन गर्दै आइएको उल्लेख गरे।

images
images

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन्।

images
images

महिला उद्यमी महासंघले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उनले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन्।

images
images

प्रधानमन्त्री ओलीले भने, 'हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ। यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने विश्वास लिएको छु।'

images
images
images

उनले महिलाको सशक्तिकरणका लागि संविधानमा भएको व्यवस्था व्यवहारमा अवलम्बन गर्दै आइएको उल्लेख गरे।

'तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ। विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ। नतिजामा पनि छात्राहरूको उपस्थिति राम्रो हुँदै गएको छ। हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ', प्रधानमन्त्री ओलीको भनाइ थियो। रासस


प्रकाशित : शुक्रबार, असार २७ २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend