शुक्रबार, असार २७ गते २०८२    
शुक्रबार, असार २७ २०८२
images
images

पर्साको तिलाबे नदीमा अझै जडान भएन बेलिब्रिज

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २७ २०८२
images
images
पर्साको तिलाबे नदीमा अझै जडान भएन बेलिब्रिज

बाढीले तिलाबे पुलको फाउण्डेसनसँगै रहेको पिलरमा क्षति भएपछि पुल जोखिममा छ। हाल पुलबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

images
images

पर्सा- सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन। विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ।  

images
images

विसं २०८१ को वर्षायाममा बाढीले पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगर बहुदरमाई नगरपलिकाको सिमानामा रहेको तिलाबे पुलमा क्षति हुँदा आवतजावतमा समस्या भएको छ। 

images
images

बाढीले तिलाबे पुलको फाउण्डेसनसँगै रहेको पिलरमा क्षति भएपछि पुल जोखिममा छ। हाल पुलबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। 

images
images
images

यहाँको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तिलाबे खोलामा स्टिल बेलिब्रिज उपलब्ध हुन नसकेपछि सडक ‘एप्रोच’ र जडानका लागि आह्वान गरिएको ठेक्का रद्द भएको जानकारी दिए।

'यसअघि सडक विभागले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी बेलिब्रिज जडान र एप्रोच सडक निर्माणका लागि ३ करोड ३० लाखको ठेक्का आह्वान गरेको थियो' उनले भने, 'एक साताभित्रै स्टिल बेलिब्रिज जडान गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो। तर वर्षायाम सुरु भइसकेकाले काम रोकिएको हो।'
  
कार्यालय प्रमुख पटेलले आव सुरु हुनेबित्तिकै तिलाबे पुलको सडक एप्रोच र बेलिब्रिज जडानको बोलपत्र पुनः आह्वानको प्रक्रिया अघि बढाइने जानकारी प्राप्त भएको बताए। रासस


प्रकाशित : शुक्रबार, असार २७ २०८२०९:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend