बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम

images
बिहीबार , असार २६ २०८२
images
images
बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम

गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुंगा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो।

images
images

तनहुँ- जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ। गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुंगा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो।

images
images

गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, पातलद्वार गुफा, शङ्खे गुफालगायत गुफाको संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। उनले भने, 'बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल हो। पर्यटकीय क्षेत्र भएकाले हामीले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएका छौँ।'

images
images

थापाले पर्यटनबाट बन्दीपुरको राजस्वलाई वृद्धि गर्न विभिन्न पर्यटकीय पार्क तथा पर्यटनमैत्री खेलमा सहभागी गराइ दस्तुर संकलनलाई विस्तार गरिने बताए। बन्दीपुरभित्र बाइसेचौबिसे राज्यको पालाका चर्चित गढी हुस्लाङकोट, चन्द्रकोटको र अन्य गढीहरूको इतिहास अध्ययन गरी यसको संरक्षण गरिने उहाँले उल्लेख गरे।

images
images
images

बन्दीपुरको शिरका रूपमा रहेको थानीमाइ मन्दिर र मुकुन्देश्वरी दरबार संरक्षण गरी मन्दिरको निर्माण गर्ने बताउँदै थापाले पर्यटनमैत्री पूर्वाधार निर्माणलाई मणिमुकुन्दसेन पदमार्ग, ‘रकगार्डेन’ र रकम ‘क्लाइम्बिङ’ निर्माणलाई निरन्तरता दिने जानकारी दिए। उनले भने, 'पदमार्ग पर्खालले यहाँ आउने पर्यटकको ध्यान खिचेको छ। यसको काम अन्तिम चरणमा पुगिसकेको छ। मिनी ग्रेटवालका रूपमा परिचित यसलाई आगामी वर्षभित्रै निर्माण सम्पन्न गर्नेछौँ।'

बन्दीपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँ परापूर्व कालदेखि मान्दै आइएका मठमन्दिर मुकुन्देश्वरी, थानीमाइ, खड्कमाय, भुत्याइ बराह, सन्तानेश्वर महादेव, मुलपानीका महादेव मन्दिर, तीनधारा महादेव, पहाडपानीको महादेव मन्दिर संरक्षण र सम्वर्द्धन गरी यसलाई पर्यटनसँग जोड्ने लक्ष्य लिइएको थापाले बताए। 

उनले भने, 'यहाँको दिगो पर्यटन विकास र पर्यटकको बसाइँ अवधि लामो बनाउनका लागि छिमेकी पालिकाहरूसँगको समन्वयमा विभिन्न पर्यटकीय स्थानको प्रवर्द्धन र विकास गरिनेछ।'

साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको ‘रकक्लाइम्बिङ’, ‘प्याराग्लाइडिङ’, ‘साइक्लिङ’, ‘क्यानोनिङ’, जलविहारलगायत खेलको प्रवर्द्धन गर्दै कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए।

उनका अनुसार यहाँ जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत देशका पर्यटक आउने गरेका छन्।

खड्गदेवी मन्दिर, थानीमाइ मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकहरूको आकर्षक केन्द्रबिन्दु बन्ने गरेका छन्। रासस


प्रकाशित : बिहीबार , असार २६ २०८२१३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend