बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै तनहुँका किसान

images
बिहीबार , असार २६ २०८२
images
images
कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै तनहुँका किसान

रुरुक्षेत्र गाउँपालिकाले गत वर्षबाट रुरु कृषि परियोजना लागु गर्‍यो। परियोजनाले बाख्रा, दूध, मासु, सागसब्जी, उखु, कुखुरा, गाईपालन, घाँसलगायतका क्षेत्रमा काम गर्दै आएको छ।

images
images

तनहुँ- रुरुक्षेत्र गाउँपालिकाका किसानले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका छन्।

images
images

गाउँपालिकाले सञ्चालन गरेको रुरु कृषि परियोजनाले किसानहरूलाई उत्पादन र उत्पादित उपजको बजारीकरणमा सहयोग गरेपछि उनीहरूले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका हुन्।

images
images

रिडीका ७८ वर्षीय रामचन्द्र भट्टराईले गत वर्ष रुरु कृषि परियोजनामार्फत एकसय मेवाका बिरुवा निःशुल्क पाएका थियए। परियोजनाका प्राविधिकले मेवा लगाउने तरिका सिकाए।

images
images
images

मकैखेती हुने बारीमा मेवाका बिरुवा लगाएका उनले यही असारको पहिलो हप्ता ६० हजारका मेवा बिक्री गरिसके। ‘मकै लगाउँदा बाँदरले हैरान पार्थ्याे, परीक्षणका रुपमा मेवा लगाएँ’ उनले भने, ‘सय वटा बिरुवा लगाउँदा ३५ वटा मात्र बाँचेका थिए।’

मेवा बिक्री गर्नुका साथै साथीभाइ, आफन्त तथा इष्टमित्रलाई समेत पठाउने गरेका छन्। उनले एक रोपनी क्षेत्रफलमा मेवा लगाएका हुन्। मेवा औसतमा प्रतिकेजी ४५ रुपैयाँमा स्थानीय बजारमा बिक्री भएको थियो। भट्टराईले यही असारमा थप दुई सय बिरुवा राेपेका छन्।

मकै लगाएको भए दुई मुरीबाट जम्मा आठ हजार मात्रै आम्दानी हुने तर मेवा लगाएपछि आम्दानी धेरै नै वृद्धि भएकाे उनकाे अनुचव छ। ‘बजारको समस्या छैन, यसै वर्ष ५० वटा आँपका बिरुवा पनि थपेकाे छु’ उनले भने।

अर्का किसान ३४ वर्षीय पुष्प भट्टराईले पनि खुर्सानी बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन्। परियोजनाले गत वर्ष एनएस १७०० जातको खुर्सानीको बीउ दिएको थियो। सोही बीउबाट बिरुवा उत्पादन गरी अहिले उक्त बिरुवाबाट आम्दानी लिइरहेका छन्।

एक रोपनीमा १४ सय बिरुवा लगाएका उनले अहिले खुर्सानी पैँचो पसल र स्थानीय बजारमा बिक्री गर्छन्। स्थानीय बजारमा प्रतिकेजी सय र पैँचोमा प्रतिकेजी ६७ रुपैयाँमा उनले बिक्री गर्दै आएकाे सुनाए। ‘लगाएको दुई महिनामा उत्पादन दिने रहेछ’ पुष्प भन्छन्, ‘अहिले घरमै बसेर मनग्य आम्दानी गरिरहेको छु।’

उनले एक हप्ताको अन्तरालमा तीन क्विन्टलसम्म खुर्सानी बिक्री गर्छन्। खुर्सानीका साथसाथै भिण्डी, बोडीलगायतका सागसब्जीखेती एवं बाख्रापालनसमेत गर्दैछन्। रामचन्द्र र पुष्प व्यावसायिक खेतीमा आकर्षित भएका प्रतिनिधिमूलक पात्र मात्रै हुन्।

उनीहरू जस्तै रुरुका थुप्रै किसान पछिल्लो समय व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन्। रुरुक्षेत्र गाउँपालिकाले गत वर्षबाट रुरु कृषि परियोजना लागु गर्‍यो। परियोजनाले बाख्रा, दूध, मासु, सागसब्जी, उखु, कुखुरा, गाईपालन, घाँसलगायतका क्षेत्रमा काम गर्दै आएको छ।

यसले समग्र पालिकाको उत्पादन र किसानको आम्दानीमा वृद्धि भएको छ। परियोजना लागु भएपछि घाँसको बिरुवा मिल्यो, जसले दूध उत्पादनमा टेवा पुगेको छ। रुरुक्षेत्र-५ टाहाटिमका गाईपालक किसान मेघराज गिरीले दूध बेचेर प्रशस्त आम्दानी भइरहेको बताउँछन्।

उनले चारवटा लैना गाई पालेका छन्। उनले दैनिक ४५ लिटर दूध बिक्री गर्छन्। दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँसम्म पर्छ। उनले बम्घाकै बम्घा बहुउद्देश्यीय सहकारी संस्थामार्फत दूध बिक्री गर्छन्। सोही सहकारीमा अहिले एकसय ७९ जना सेयर सदस्य छन्।

सबै सेयर सदस्यहरूले सहकारीमार्फत दूध एवं तरकारीको बजारीकरण गर्दै आएका छन्। सहकारीमा दूध बेचेरस्थानीय बाबुराम श्रेष्ठले मासिक एक लाख ८२ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने सहकारीका अध्यक्ष कुलचन्द्र पुरीले बताए।

‘परियोजनाले भकारो सुधार, घाँसको बीउलगायतका विभिन्न प्राविधिक विषयमा सहयोग गर्‍यो’, श्रेष्ठले भने, ‘अहिले हामी व्यावसायिक रुपमा दूध र सागसब्जीको उत्पादनमा लागेका छौँ।’

३५ लाखको सागसब्जी बिक्री

पालिकाद्वारा सञ्चालित परियोजनाले उत्पादनका साथै बजारीकरणमा पनि काम गरिरहेको छ। गत वर्ष मात्रै उत्पादन भएका टमाटर, सिमी, काँक्रो, लौका, खुर्सानीलगायत सागसब्जी पाल्पा र पैँचो पसलमा फरक-फरक मूल्यमा बिक्री भए।

हाल पालिकाभर १० हजार माउबाख्रा रहेको, एकता महिला उद्यमी बहुउद्देश्यीय सहकारीमार्फत बजारीकरण भइरहेको, उखुको प्रबर्द्धनको लागि बीउ वितरण र गुड, खुदो बनाउने उद्योग स्थापना गरेर किसानको आयआर्जन बढाइएको उनकाे भनाइ छ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कृषि र पशुपालनलाई राजगारी माध्यम बनाउने पालिकाको लक्ष्यअनुसार काम भइरहेको बताए। किसानलाई मल, बीउ, प्राविधिक परामर्शलगायत पक्षमा पालिकाले सहयोग गरिरहेको बताए। रासस


प्रकाशित : बिहीबार , असार २६ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend