पाल्पा- जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार सनत सय ५५ जनाबाट जरिवानास्वरुप तीन करोड २१ लाख ९० हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको छ।
यो रकम आर्थिक वर्ष २०७८/७९ देखि चालु आवको जेठ मसान्तसम्मको हो। जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन, निर्धारित भाडाभन्दा बढी असुली गरेकाहरुबाट उक्त रकम सं३लन गरिएकाे हाे।
त्यस्तै निजी सवारीसाधनलाई भाडाका गाडीले यात्री ओसारपसार गरेझै रकम असुलीलगायत गैरकानूनी काम गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप संकलन भएको हो। तीन वर्षमा यहाँ दुई सय ४३ सवारी दुर्घटना हुँदा एकसय २४ जनाले ज्यान गुमाएका थिए। ८३ जना घाइते भएका थिए।
जीर्ण सडक, चालकको लापरवाही, तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने प्रवृत्तिका कारण सडक दुर्घटना बढेको उनकाे भनाइ छ। रासस