बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

आर्थिक वर्ष २०८२/८३ का लागि पोखरा विश्वविद्यालयको बजेट एक अर्ब ५४ करोड रुपैयाँ‍

images
बुधबार, असार २५ २०८२
images
images
आर्थिक वर्ष २०८२/८३ का लागि पोखरा विश्वविद्यालयको बजेट एक अर्ब ५४ करोड रुपैयाँ‍

पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड रुपैयाँ‍को बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ।

images
images

काठमाडौं- पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड रुपैयाँ‍को बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ।

images
images

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ तथा सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको हाे।

images
images

बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूलक र प्रतिस्पर्धी रूपमा सञ्चालन गर्न आग्रह गर्दै स्वदेशमा उत्कृष्ट उच्चशिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुपर्नेमा जोड दिए।

images
images
images

बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विश्वविद्यालयले २१औँ शताब्दीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा लाग्न आग्रह गरेका छन्।

उपकुलपति प्रा. डा. वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपलब्ध स्रोतसाधनको उपयोग गरी विश्व बजारको मागअनुसार शिक्षा प्रदान गर्न विश्वविद्यालयले भरपुर प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

विश्वविद्यालयमा चार संकायअन्तर्गत चार आंगिक महाविद्यालय, तीन संयुक्त आंगिक महाविद्यालय र ५८ वटा सम्बन्धनप्राप्त महाविद्यालयमार्फत ६८ शैक्षिक कार्यक्रममा ३४ हजार ६७९ विद्यार्थी अध्ययनरत छन्। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend