बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

भोटेकोशीको बाढीले २५० मेगावाट विद्युत प्रणालीबाट विच्छेद

images
बुधबार, असार २५ २०८२
images
images
भोटेकोशीको बाढीले २५० मेगावाट विद्युत प्रणालीबाट विच्छेद

निजी क्षेत्रबाट सञ्चालनमा रहेको अपर मैलुङटाँडी गरी लगभग २५० मेगावाट विद्युत प्रणालीबाट बिच्छेद भएको बताइएको छ।

images
images

काठमाडौं- असार २४ गतेको बाढीले २५० मेगावाट विद्युत उत्पादन टुटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

images
images

प्राधिकरणले बुधबार प्रोस विज्ञप्ति जारी गर्दै निजी क्षेत्र र सरकारको स्वामित्वमा सञ्चालित आयोजनाहरुको उत्पादन टुटेको जनाएको हो। सोमबार राति चीनको सीमा क्षेत्र भोटेकोशी नदीमा बाढी गएको थियो।

images
images

बाढीबाट रसुवागढी जलविद्युत आयोजनाको हेडवक्र्समा पूर्ण क्षति, चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी पसेको, त्रिशुली थ्रिएको ड्यामतर्फका दुई वटा गेटमा क्षति र त्रिशुली थ्रिबीको सब-स्टेशनमा खोलाले धार परिवर्तन गरी पानी भित्र पसेर १३२ केभीको संरचनामा क्षति पुर्‍याएको छ।

images
images
images

त्यस्तै निजी क्षेत्रबाट सञ्चालनमा रहेको अपर मैलुङटाँडी गरी लगभग २५० मेगावाट विद्युत प्रणालीबाट बिच्छेद भएको बताइएको छ।

भोटेकोशीमा बाढी गएपछि प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रशारणलाइन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालसहितको प्राविधिक टोली निरीक्षण गर्न आयोजना स्थल गएको प्राधिकरणले जनाएकाे छ।


प्रकाशित : बुधबार, असार २५ २०८२१५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend