बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

१५ वर्षपछि मंगलास्थित सिँचाइ आयोजना पुनर्निर्माण, रोपाइँ गर्न र हिउँदेबाली हुर्काउन सहज

images
बुधबार, असार २५ २०८२
images
images
१५ वर्षपछि मंगलास्थित सिँचाइ आयोजना पुनर्निर्माण, रोपाइँ गर्न र हिउँदेबाली हुर्काउन सहज

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा १५ वर्षपछि नहर पुनर्निर्माण गरिएको हो।

images
images

म्याग्दी- सडक निर्माणका क्रममा क्षति पुगेको म्याग्दीको मंगला गाउँपालिका-२ स्थित घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको नहर १५ वर्षपछि पुनर्निर्माण भएको छ।

images
images

सल्यानको फेदीमा रहेको घुरेनीको मुहानबाट कोत्रवाङ र सिमको फाँटमा पानी ल्याउने नहर विसं २०६७ मा सिम-कुहुँ सडक निर्माणका क्रममा पुरिएको थियो। घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर खत्रीले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा १५ वर्षपछि नहर पुनर्निर्माण गरिएको बताए।

images
images

'नहर पुरिएपछि पाइपबाट पानी ल्याएर खेतीबाली लगाउन र सिँचाइ गर्न साह्रै समस्या भएको थियो', उनले भने, 'यसपालि नहर पुनर्निर्माण भएपछि समयमा रोपाइँ गर्नुका साथै हिउँदेबालीमा सिँचाइ गर्ने सहज भएको छ।' पाइपमा पर्याप्त पानी नआउने र कच्ची नहरमा पानी सोसिने अर्को समस्या पनि थियो।

images
images
images

आयोजनाबाट १५ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताए। एक हजार ७ सय मिटर पक्की नहर निर्माण भएको बताउँदै उनले मुख्य नहरका शाखा नहरहरू पनि निर्माण भएका उल्लेख गरे।

एक करोड ३३ लाख रूपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि विसं २०८१ जेठ २५ गते शान्ति निर्माण सेवाले ९० लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। एक वर्षको ठेक्का अवधि भएको योजना निर्धारित समयभित्रनै सम्पन्न भएको हो । 

गत आर्थिक वर्ष २०८०/८१ मा १० लाख रूपैयाँ बजेट विनियोजन भएको योजनाका लागि एक करोड ३३ लाख रूपैयाँ बराबरको स्रोत सुनिश्चितता गराएर बहुवर्षीय ठेक्का लगाइएको डिभिजनल इन्जिनियर ओझाले बताए।

कोत्रवाङ र सिमको बीचमा बाँकी रहेको सिँचाइ योजनाको संरचना निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट आगामी आवका लागि पाँच लाख रूपैयाँ विनियोजन भएको छ। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२१५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend