बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

जापानद्वारा ‘जेडीएस’ परियोजनाका लागि ५७२ मिलियन जापानी येन अनुदान प्रदान

images
बुधबार, असार २५ २०८२
images
images
जापानद्वारा ‘जेडीएस’ परियोजनाका लागि ५७२ मिलियन जापानी येन अनुदान प्रदान

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो।

images
images

काठमाडौं- जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई झन्डै ५७२ मिलियनबराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।

images
images

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो। जापान सरकारबाट सन् २०२५ का लागि झन्डै ५७२ मिलियन जापानी येन अनुदान प्राप्त भएको हो।

images
images

सो अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र जापान सरकारतर्फ नेपालका लागि जापानी राजदूत तोरु मोडाले विनिमयपत्रमा हस्ताक्षर गरे।

images
images
images

अन्तर्राष्ट्रिय आर्थिक सहयोेग समन्वय महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका) नेपालका प्रमुख मिजुकी मात्सुजाकीले अनुदान सम्झौतामा हस्ताक्षर गरे। 

सम्झौताअनुसार प्राप्त अनुदान रकम २० जना स्नातकोत्तर तहका विद्यार्थी र दुई जना विद्यावारिधि (पीएचडी) तहका विद्यार्थीका लागि विश्वविद्यालय शुल्क, जीविकोपार्जन खर्च, यात्रा भत्ता, बीमा तथा शैक्षिक सामग्रीमा खर्च गरिने बताइएको छ।

जापानी मानव संशाधन विकास छात्रवृत्ति कार्यक्रम जापान सरकारको सहयोगमा सन् २०१५ देखि सञ्चालनमा रहेको शैक्षिक पहल हो र यो कार्यक्रम विभिन्न चरणहरुमा कार्यान्वयन हुँदै आएको छ।

अहिलेसम्म १४२ जना नेपाली निजामती सेवाका कर्मचारी १४० जना स्नातकोत्तर र दुई जना विद्यावारिधि यस छात्रवृत्तिको माध्यमबाट जापानका प्रतिष्ठित शैक्षिक संस्थाबाट अध्ययन पूरा गरिसकेको जापान सरकारले जनाएको छ।

उक्त हस्ताक्षर सम्झौतामा क्रममा सचिव उपाध्यायले छात्रवृत्ति कार्यक्रमले नेपालका निजामती सेवाका कर्मचारीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको र भविष्यमा पनि पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले जापानमा अध्ययनको क्रममा प्राप्त ज्ञान र सीपले नेपालमा सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र समग्र सामाजिक आर्थिक विकासमा टेवा पुग्ने बताए। राजदूत तोरु मोडाले जेडीएस कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका कर्मचारीले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

यस समारोहमा अर्थ मन्त्रालय, नेपालस्थित जापानी दूतावास, जीका नेपाल तथा जेडीएस ओसीका पदाधिकारीहरु उपस्थित थिए। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend