काठमाडौं- गौरीघाट, गुह्येश्वरी क्षेत्रमा बागमती नदीले जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागकाे बाढी महाशाखाले जनाएको छ।
मंगलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानी रातिकाे दुई बजे सतर्कता तह पार गरेकाे महाशाखाले जनाएको हाे।
गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरुको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाका इन्जिनियर आशीष भट्टले जानकारी दिए।
यसैगरी रुद्रमती (धोबीखोला) ले पनि कपन क्षेत्रमा जलसतह सतर्कता तह पार गर्न लागेको छ। राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागले आह्वान गरेको छ। रासस