बागलुङ- बागलुङकाे जैमिनी नगरपालिका-९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत आयोजनाको बाँध र पावर हाउस बगाएको छ।
आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले बताए। गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिलकाे पुल पनि बगेको आचार्यकाे भनाइ छ।
बाढीले केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ। ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत पैयुथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ।
पैयुथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन्। सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्य बताउँछन्। बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ। रासस