बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

अरुण तेस्रो रोकेर पछुताएको नबिर्सौं, एमसीसी राष्ट्रहितमा छ: कांग्रेस नेता आचार्य 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
images
अरुण तेस्रो रोकेर पछुताएको नबिर्सौं, एमसीसी राष्ट्रहितमा छ: कांग्रेस नेता आचार्य 

आयोजना व्यवस्थापनका लागि मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) स्थापना भएको भन्दै सो विकास समिति नेपालको विकास समिति ऐन, २०१३ अनुसार स्थापित भएको बताए। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद इञ्जिनियर मोहन आचार्यले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा रहेको बताएका छन्। 

images
images

विगतमा कांग्रेस, एमाले, माओवादी नेतृत्वको सरकारले एमसिसीबाट सहयोग लिने प्रक्रियालाई निरन्तर अगाडि बढाएको उल्लेख गर्दै उनले सत्तामा हुँदा एउटा कुरा र विपक्षमा हुँदा अर्को कुरा गर्ने नेपाली राजनीतिको दोहोरो चरित्रले एसिसीलाई गिजोलेको बताए। 

images
images

'नेपाली कांग्रेसले सत्तामा रहँदा पनि र प्रतिपक्षमा रहँदा पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा रहेको कुरा गर्दै आएको छ' उनले भने।  

images
images

नेता आचार्यले नेपाललाई आवश्यकपर्ने आयोजना छनोटका लागि नेपाल सरकार र एमसिसीको संयुक्त लगानीमा सञ्चालन हुने ६३ करोड अमेरिकी डलरको पूर्वाधार आयोजना व्यवस्थापनका लागि मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) स्थापना भएको भन्दै सो विकास समिति नेपालको विकास समिति ऐन, २०१३ अनुसार स्थापित भएको बताए। 

एमसिसी परियोजनाअन्तर्गत सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी हुँदै जाने प्रसारण लाइन निर्माण गर्ने तथा दाङको धानखोलादेखि लमहीसम्मको सडकखण्ड स्तरोन्नति गरिने कार्यक्रम रहेको बताउँदै उनले यी परियोजनाको निर्माणबाट नेपालले विद्युत् निर्यात गर्नसक्छ र त्यसबाट रोजगारी सिर्जना एवम् राजस्व वृद्धि हुने बताए। 

नेता आचार्यले गरिबी निवारण र दिगो विकासमा यसले टेवा पु¥याउने उल्लेख गर्दै एमसिसी इन्डो–प्यासिफिक स्ट्राटेजीको अङ्ग नभएको र सन् २०१७ मा भएको सम्झौताअनुसार ५० करोड डलर अनुदान लिँदा नेपालले कुनैपनि रक्षा वा सैन्य दायित्व बहन गर्नुनपर्ने बताए। 

अरुण जलविद्युत् आयोजनामा भएको गलत निर्णयले आम नेपालीले दशकौँसम्म अन्धकारमा बस्नु परेको यथार्थलाई नभुल्नसमेत केन्द्रीय सदस्य आचार्यले जिम्मेवार राजनीतिक दलका नेताहरुलाई आग्रह गरे। 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०९:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend