सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

images
सोमबार, असार २३ २०८२
images
images
बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

असार महिना बित्नै लाग्दा अहिलेसम्म बागमती प्रदेशमा सो परिमाणमा खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको हो।

images
images

बागमती- बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ। असार महिना बित्नै लाग्दा अहिलेसम्म बागमती प्रदेशमा सो परिमाणमा खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको हो। 

images
images

बागमती प्रदेश कृषि निर्देशानलयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालका अनुसार यसवर्ष समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो छ। प्रदेशको कुल पाँच लाख ३४ हजार आठसय ७१ दशमलव ६० हेक्टर जग्गामध्ये एक लाख २० हजार ६ सय १० दशमलव २५ हेक्टरमा धान रोपाइँ हुने गरेको छ।

images
images

हालसम्म २४ हजार सातसय ४२ दशमलव ७८ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको सूचना अधिकारी दाहालले बताए। अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी दोलखा र भक्तपुरमा ६५ प्रतिशत र सबैभन्दा कम धादिङमा ५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ। असारको दोस्रो सातायता प्रर्याप्त वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेका छन्।

images
images
images

काठमाडौंमा ६० प्रतिशत, ललितपुरमा ५५ प्रतिशत, रसुवामा २८ दशमलव ८३ प्रतिशत, सिन्धुपाल्चोकमा २७ दशमलव ८ प्रतिशत, रामेछापमा २२ प्रतिशत, नुवाकोटमा १८ दशमलव २१ प्रतिशत, सिन्धुलीमा ९ दशमलव ६६ प्रतिशत, चितवनमा ८ दशमलव ८ प्रतिशत र मकवानपुरमा ७ दशमलव ९९ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको सूचना अधिकारी दाहालले बताए।

काठमाडौंमा २१ हजार दुईसय हेक्टर खेतीयोग्य जग्गामध्ये पाँच हजार नौसय २६ हेक्टरमा धान रोपाइँ हुने गरेको छ। त्यस्तै ललितपुरमा कुल १५ हजार दुईसय ९६ हेक्टरमध्ये चार हजार एकसय ६३ हेक्टरमा तथा भक्तपुरमा कुल आठ हजार ७७ हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार ६ सय ९९ हेक्टरमा धान रोपाइँ हुने गरेको छ।

त्यस्तै, चितवनमा कुल ४८ हजार ६ सय ९४ हेक्टरमध्ये २७ हजार दुईसय सात दशमलव २५ हेक्टरमा, मकवानपुरमा ४१ हजार तीन सय ३८ हेक्टर खेतीयोग्य जग्गा रहोकामा सात हजार ६७ हेक्टरमा, नुवाकोटमा ३२ हजार सातसय ३५ हेक्टरमध्ये १६ हजार चारसय ९८ हेक्टरमा, रसुवामा १३ हजार सातसय ७८ दशमलव ६ हेक्टरमध्ये दुई हजार सात ८१ हेक्टरमा र धादिङमा ४८ हजार एकसय ३६ हेक्टरमध्ये ११ हजार एकसय ५९ हेक्टरमा धान रोपाइँ धान खेती हुने गरेको सूचना अधिकारी दाहालले जानकारी दिए।

यसैगरी सिन्धुलीमा ६२ हजार सात सय १३ हेक्टरमध्ये १३ हजार चारसय ४५ हेक्टरमा, रामेछापमा कुल ५० हजार नौसय आठ हेक्टरमध्ये सात हजार आठ सय ५९ हेक्टरमा, दोलखामा कुल ५६ हजार ६ सय ८३ हेक्टरमध्ये दुई हजार आठसय १४ हेक्टरमा, काभ्रेपलाञ्चोकमा कुल ६१ हजार पाँचसय ९४ हेक्टरमध्ये १० हजार दुईसय १० हेक्टरमा र सिन्धुपाल्चोकमा कुल ७३ हजार सात १० हेक्टरमध्ये आठ हजार सातसय ८२ हेक्टरमा धान खेती हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार २३ २०८२१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend