बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

शुक्रबारदेखि ‘नेपाल म्यांगो फेस्ट’ हुँदै, १० भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा राखिने

images
बिहीबार , असार १२ २०८२
images
images
शुक्रबारदेखि ‘नेपाल म्यांगो फेस्ट’ हुँदै, १० भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा राखिने

महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने आयोजकले जनाएको छ।

images
images

काठमाडौं- नेपालमा उत्पादित आँपको बजारीकरण र प्रबर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्यांगाे फेस्ट’ महोत्सव हुने भएको छ। तराई-मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रबर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो।

images
images

काठमाडौं अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ। महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने आयोजकले जनाएको छ।

images
images

काठमाडौंको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा आयोजना हुने उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सहभागी हुने आयोजकले जनाएको छ। महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौं अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिए।

images
images
images

कार्यक्रमको आकर्षणका रूपमा १० भन्दाबढी प्रजातिका आँप प्रदर्शनीमा राखिनेछन्। पाँच भन्दाबढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ। माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने तौजले जानकारी दिए।

यस्तै, २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेयपदार्थ सहकार्य गरेका रेस्टुरेन्टमा पाइनुका साथै सबै उमेरका सहभागीका लागि रमाइलो म्यांगाे खेल र विविध गतिविधि सञ्चालन हुने उनकाे भनाइ छ।तीनदिने महोत्सव लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा हुनेछ। यी तीनवटै रेस्टुरेन्टले महोत्सवलाई आकर्षक बनाउने गरी तयारी भइरहेको जनाएका छन्। रासस


प्रकाशित : बिहीबार , असार १२ २०८२१७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend