बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

एक सय रोपनीमा अकबरे खुर्सानीखेती

images
बुधबार, असार ११ २०८२
images
images
एक सय रोपनीमा अकबरे खुर्सानीखेती

तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ।

images
images

दमौली- तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ। मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए। 

images
images

कृषि उत्पादन बढाई वडा नं ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरेको उाको भनाइ छ। उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ। खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक रु छ करोड २५ लाख आम्दानीको लक्ष्य लिइएको छ। 

images
images

यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ। हाल बजारमा प्रतिकेजी  ३०० देखि  ५०० रुपैयाँ थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नं ९ ले रु एक लाख अनुदान दिएको थियो। 

images
images
images

उक्त वडाका आठ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ। सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२०७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend