शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड, कृषिसहित तीन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव

images
बिहीबार , असार ५ २०८२
images
images
बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड, कृषिसहित तीन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव

उनले बजेटले गरिबी निवारणका लागि आवश्यक योजना समेट्न नसकेको, कृषि उत्पादन प्रवर्द्धनका लागि कार्यक्रम प्रभावकारी नभएको धारणा राखे।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट कार्यान्वयन सन्तुलित रूपमा हुनुपर्नेमा जोड दिएका छन्।

images
images
images

पूर्वअर्थमन्त्रीसमेत रहेका उनले वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेट अर्थतन्त्रलाई सुधार गरी सुशासन प्रवर्द्धन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

images
images

सांसद शर्माले बजेटले संविधानको प्रभावकारी कार्यान्वयन, संघीयताको सबलीकरण गरी स्थानीय सरकारलाई स्रोतसाधनयुक्त बनाइनुपर्ने बताए। उनले बजेटले गरिबी निवारणका लागि आवश्यक योजना समेट्न नसकेको, कृषि उत्पादन प्रवर्द्धनका लागि कार्यक्रम प्रभावकारी नभएको धारणा राखे। 

images
images
images

युवा र श्रमिकको परिचालन नगरी पुँजी निर्माण नहुने भन्दै सांसद शर्माले जनताका आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिइनुपर्ने खाँचो औँल्याए।

मध्यपूर्वी एसियामा चर्चिएको द्वन्द्वले तेस्रो विश्वयुद्धको खतरा औँल्याएको भन्दै युद्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षा र रोजगारीको उचित व्यवस्थापनका लागि उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद शर्माले सदनमा देखिएको अवरोधको तत्काल समाधान गरेर सहजरूपमा सञ्चालनको वातावरण बनाउन सभामुखसमक्ष माग गरे।

सांसद विमला सुवेदीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको जिकिर गरिन्। असन्तुलित बजेटले उत्पादनमुखी अर्थतन्त्रको विकासलाई ध्यान दिन नसकेको उनको भनाइ छ।

सांसद सुवेदीले निजामती विधेयक राज्यव्यवस्था समितिबाट पास भएर आएको भए पनि त्यसलाई सदनबाट शीघ्र पारित गर्न सभामुखको ध्यानाकर्षण गराइन्। उनले विद्यालय शिक्षा विधेयकसहित अन्य कानून निर्माणलाई तीव्रता दिन आग्रह गरिन्।

सांसद सुवेदीले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गरिन्। उनले युद्धग्रस्त मुलुकका नेपालीको सुरक्षा र रोजगारीको उचित प्रबन्ध गर्न जरुरी भएको उल्लेख गरिन्। संघीयतालाई बलियो बनाउँदै प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा उनले जोड दिइन्। रासस


प्रकाशित : बिहीबार , असार ५ २०८२१६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend