बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

भारतमा भएको ड्रिमलाइनर विमान दुर्घटना : विभिन्न पाँच कोणबाट सुरु भयो छानबिन

images
बुधबार, असार ४ २०८२
images
images
भारतमा भएको ड्रिमलाइनर विमान दुर्घटना : विभिन्न पाँच कोणबाट सुरु भयो छानबिन
images
images

काठमाडौं- भारत अहमदाबादबाट लन्डनका लागि उडान भएको एयर इन्डियाको 'फ्लाइट १७१' विमान उडेको ४० सेकेन्ड नपुग्दै जमिनमा खसेपछि भारतीय उड्डयन इतिहासमै सबैभन्दा रहस्यमय दुर्घटना भयो। 

images
images
images

बोइङ ७८७ ड्रिमलाइनर विमान गएको बिहीबार दिउँसो १:३९ बजे अहमदाबाद विमानस्थलबाट उडेको थियो तर त्यसको केही सेकेन्डमै दुर्घटनामा पर्‍यो। 

images
images

भारतको 'एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो'ले घटनास्थलको प्रारम्भिक छानबिन सुरु गरिसकेको छ। विमानका दुई ‘ब्ल्याक बक्स’, फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परिसकेको छ। अब यिनै उपकरणबाट घटनापूर्वका अन्तिम सेकेन्डहरूबारे जानकारी प्राप्त हुनेछ।

images
images
images

यस्तै इन्जिनका टर्बाइन ब्लेडहरू, फ्ल्याप र गियर लिभरको अवस्था, इन्धन प्रवाहको रेकर्ड र फायर ह्यान्डलको प्रयोग भए/नभएको जस्ता प्रविधिक पक्षहरू अध्ययन हुने बीबीसीले जनाएको छ।

के हुनसक्छ कारण?

बीबीसीका अनुसार पूर्वअनुसन्धान अधिकृत र पाइलटहरूसँगको छलफलमा आधारित प्रारम्भिक अनुमानमा केही सम्भावनाहरू उठेका छन्।

सुरुका केही सेकेन्डमै विमानले किन उचाइ लिन सकेन? यसको यकिन कारण अझै बाहिर आएको छैन। तर तथ्य र प्रविधिका आधारमा अघि बढाइएको छानबिनले चाँडै सत्यतथ्य खुल्ने विश्वास गरिएको छ।

इन्जिन दुवै एकैपटक फेल भएको हो त? यो सम्भावना एकदमै कम देखिन्छ, तर चरा ठोक्किएको वा इन्धन प्रदूषण वा प्राविधिक त्रुटिका कारण इन्जिन बन्द भएका हुनसक्ने आशंकासमेत गरिएको छ।

मानवीय त्रुटि? पाइलट वा सहपाइलटको अनजानी वा आपत्कालीन प्रतिक्रिया स्वरूप इन्धन प्रवाह बन्द गरिएको त होइन भन्ने जाँच पनि भइरहेको छ।

मर्मतको त्रुटि? पछिल्लो पटक गरिएको इन्जिन मर्मत वा प्रणाली जाँचको अभिलेखसमेत अध्ययन गरिँदैछ।

अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन आइकाओको प्रावधानअनुसार प्रारम्भिक छानबिन प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गर्नुपर्नेछ। अन्तिम रिपोर्ट सामान्यतः १२ महिनाभित्र प्रकाशित हुन्छ। हाल भारत, बोइङ कम्पनी र अन्तर्राष्ट्रिय विशेषज्ञहरूको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानकर्ता भन्छन्, ‘इन्जिन सक्रिय थियो वा थिएन भन्ने कुरा टर्बाइनको क्षति अध्ययन गरेपछि स्पष्ट हुन्छ। इन्जिन फेल भएको हो भने अब पूरा फोकस ककपिटमै केन्द्रित हुनेछ।’


प्रकाशित : बुधबार, असार ४ २०८२१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend