बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ४ २०८२
images
images
ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

जिल्लाको जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रुपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।

images
images

तनहुँ- ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। 

images
images
images

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति तनहुँ, कृषि ज्ञान केन्द्र र ऋषिङ गाउँपालिकाको समन्वयमा जलवायसमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालन गरिएको छ। 

images
images

ऋषिङ-७ आम्चोकमा २३ घरधुरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रममा सहभागी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रुपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। 

images
images
images

'जलवायु परिवर्तनको असरले खेती प्रणालीमा परेको असरलाई न्यूनीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याइएको हो' उनले भने।

जलवायु परिवर्तनको प्रभाव अधिकांश स्थानमा परेको छ। यस्ता समस्या तथा जोखिमलाई सुहाउँदो उत्पादनमा जोडने प्रयासमा लगानी बढाएको उनले बताए। 

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जलवायुमैत्री कृषि प्रविधि कार्यक्रमको शुभारम्भ गर्दै कम बजेटमा सुरुवात गरिएको खेतीले उत्पादन र उतपादकत्व वृद्धिमा सहयोग पुर्‍याउन सक्नुपर्नेमा जोड दिए।

'सिँचाइको समेत अभाव रहेको स्थानमा पम्पिङ गरी ल्याई उपयोग गरिएको छ, कम बजेटमा गर्न सकिन्छ भन्ने शंकाका साथ सुरुआत गरिएको सफल भइरहेको छ, यसले कृषकका साथै हामीलाई प्रेरित गरिएको महसुस भएको छ' उनले भने।

मौसम अनुकूलको उत्पादनलाई अगाडि बढाउने प्रयास ज्ञान केन्दले गरेको उनको भनाइ छ। स्थानीय तहले पनि जलवायु परिवर्तन भइरहेको अवस्थामा सहाउँदो उत्पादन र उत्पादकत्व दिने गरी कृषि प्रणालीको विकास र अवलम्बन गर्न आवश्यक रहेको बताए। उनले भने, 'यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ र यस प्रणालीको अवलम्बन गरी गरिएको खेतीबाट कृषक आयस्तरसँग जोडन सक्नुपर्छ।'

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कृषकलाई तालिम, आवश्यकताका आधार पहिचान गरी रोजगार बनाउने योजनासहित अगाडि बढेको बताए। 

कृषि, भूमि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका उपसचिव गोविन्द पाण्डेले मौसम परिवर्तनले अत्यधिक वर्षा तथा कम वर्षाको समयमा पनि खेती गर्न सक्ने गरी कार्यक्रम सञ्चालनमा आएको बताए। 

जलवायुजन्य प्रकोप तथा जोखिमको अवस्था, समुदायको सामाजिक, आर्थिक अवस्था, भौगोलिक विकटता, खाद्य सुरक्षाको अवस्थाको अध्ययन तथा अनुसन्धान गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो। आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटबाट कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ। १० लाखको लागतमा लिफ्टिङ र थोपा सिँचाइमार्फत खेती गर्ने गरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए।

माटोको स्वास्थ्य प्रवर्द्धनका लागि कोसेबाली उत्पादन प्रवर्द्धन, मिश्रित खेती प्रणाली प्रवर्द्धन, हरियो मल प्रवर्द्धन, गोबर मल तथा गड्यौला मल उत्पादन र प्रयोग, माटो परीक्षणसहित खेती गर्न प्रेरित गर्न सकिन्छ। रासस


प्रकाशित : बुधबार, असार ४ २०८२१६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend