विराटनगर- कोशी प्रदेश सरकारले घ्यु निर्यातमा प्रतिकिलो १२० रुपैयाँ अनुदान दिने घोषणा गरेको छ।
कोशी प्रदेश सभामा पेस भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा घ्यु निर्यातमा अनुदान दिने विषय समावेश गरिएको छ।
घ्यु, छुर्पीलगायतका दुग्धजन्य उत्पादनको गुणस्तर वृद्धि गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्दै निर्यात वृद्धि गर्ने कोशी प्रदेश सरकारले लक्ष्य लिएको छ।
कोशीमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ।