आइतबार, असार १ गते २०८२    
आइतबार, असार १ २०८२
images
images

बाँकेका किसानद्वारा एक लाख २८ हजार किलो रैथाने बीउ उत्पादन

images
शनिबार, जेठ ३१ २०८२
images
images
बाँकेका किसानद्वारा एक लाख २८ हजार किलो रैथाने बीउ उत्पादन

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सहकारी संस्थाले किसानलाई बीउ उत्पादन कार्यमा प्रोत्साहन गर्ने कार्य सह्ररानीय भएको बताए। उनले सहकारीसँग समन्वय गरेर बाँके जिल्लामा बीउ उत्पादन कार्य आवश्यक सहयोग गर्ने बताए।

images
images

राँझा- बाँकेका किसानले एक लाख २८ हजार किलाे बढी स्थानीय रैथाने जातको धान र गहुँको बीउ उत्पादन गरेका छन्। 

images
images
images

बाँकेमा स्थानीय जातको खाद्यबालीको बीउ संरक्षण गर्दै आएको साकार कृषि सहकारी संस्था लिमिटेडका ६६ बीउ उत्पादक सेयर सदस्य किसानले धान र गहुँको एक लाख २८ हजार ८०२ केजी स्थानीय रैथाने जातको बीउ उत्पादन गरेका हुन्। 

images
images

किसानले ८३ हजार ४३० केजी धान र ४५ हजार ३७२ केजी गहुँ गरी जम्मा एक लाख २८ हजार ८०२ केजी स्थानीय रैथाने जातको बीउ उत्पादन गरेको साकार कृषि सहकारी संस्था लिका अध्यक्ष हुमाशंकर वलीले बताए।

images
images
images

साकार कृषि सहकारी संस्थाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा ६६ बीउ उत्पादक सेयर सदस्यलाई ८३ हजार ७२१ रूपैयाँ प्रोत्साहन रकम वितरण गरेको अध्यक्ष वलीले जानकारी दिए। उनले सहकारीको माध्यमबाट आफूहरूले कृषि उत्पादन र बजारीकरणमा जोड दिँदै कृषिबाट सेयर सदस्यको आर्थिकस्तर बढाउन लागिपरेको बताए।

उनका अनुसार, गत आर्थिक वर्षमा सेयर सदस्यमध्ये राप्ती सोनारीका चक्रबहादुर थारुले सबैभन्दा धेरै १४ हजार ८३७ केजी बीउ उत्पादन गरी नौ हजार ६४४ रूपैयाँ प्रोत्साहन रकम प्राप्त गर्न सफल भएका छन्।

यसैगरी, खोजलाल थारुले १० हजार ७९० बेजी बीउ उत्पादन गरी सात हजार १३ रूपैयाँ र गाउँपालिका अध्यक्ष पौडेलले गत आर्थिक वर्षमा नौ हजार ५०८ केजी बीउ उत्पादन गरी ६ हजार १८० रूपैयाँ प्रोत्साहन रकम प्राप्त गरेको अध्यक्ष वलीले बताए।

बाँकेको राप्ती सोनारी गाउँपालिका-६ स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ। एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय रैथाने जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिए।

'हामीले दश वर्षदेखि जिल्लामा उत्पादन हुने खाद्यबालीको बीउ उत्पादन गरी वितरण गर्दै आएपछि किसानलाई बीउ जोगाएर राख्नु पर्ने बाध्यता हटेको छ', उनले भने, 'हामीले कृषि अनुसन्धान केन्द्र खजुराबाट सिफारिस स्थानीय रैथाने जातको गुणस्तरीय बीउ उत्पादन गरी वितरण गर्न थालेपछि किसानलाई ठूलो राहत भएको छ।'

सहकारीले यो वर्ष साकार कृषि सहकारीले एक हजार १०० क्विन्टल धानको बीउ बिक्री वितरण गरेको छ। गत वर्ष एक हजार ५०० क्विन्टल धानको बीउ बिक्री वितरण गरेको थियो। गत वर्षको तुलनामा यो वर्ष धानको बीउ केही कम उत्पादन भएको छ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सहकारी संस्थाले किसानलाई बीउ उत्पादन कार्यमा प्रोत्साहन गर्ने कार्य सह्ररानीय भएको बताए। उनले सहकारीसँग समन्वय गरेर बाँके जिल्लामा बीउ उत्पादन कार्य आवश्यक सहयोग गर्ने बताए।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाका किसानलाई स्थानीय रैथाने जातको बीउ संरक्षणमा प्रोत्साहन गर्न आफूले समेत धान र गहुँबालीको बीउ उत्पादन गर्दै आएको बताए। उनले राप्ती सोनारी गाउँपालिकालाई कृषि कर्मबाटै आर्थिक समृद्धितर्फ लैजान आफू लागि परेको बताए।

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका क्षेत्र अहिले पनि कृषि उत्पादनको लागि उपयुक्त रहेकाले आफूले प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै आएको बताइन्। 

साकार कृषि सहकारी संस्थाको राप्ती सोनारी-५ बिनौनामा रहेको गोदाम घरमा बीउ उत्पादन र भण्डारण हुँदै आएको छ। गोदाम घर साँघुरो भएकाले आधुनिक गोदामघर निर्माणको लागि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक सहयोगको लागि आग्रह गरिएको सहकारीका व्यवस्थापक भरत केसीले बताए।

'स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ', सहकारीका व्यवस्थापक केसीले भने, 'कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन्।'

उनका अनुसार, स्थानीय जातको धान रोग कीरा प्रतिरोधी, सुक्खा सहन सक्ने र डुबान भएमा समेत थोरै मात्रै नोक्सानी हुने भएकाले धेरै टाढाबाट पनि यही जातका धानको बीउको खोजी गर्न किसान यहाँ आउने गरेका छन्। सहकारीले लागत खर्च कटाएर सहुलियतमा धानको बीउ उपलब्ध गराउँदै आएको छ। रासस


प्रकाशित : शनिबार, जेठ ३१ २०८२१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend