शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छ : मन्त्री अधिकारी

images
शुक्रबार, जेठ ३० २०८२
images
images
सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छ : मन्त्री अधिकारी

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको उनको भनाइ छ।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रयास गरिरहेको बताएका छन्।

images
images
images

राष्ट्रियसभाको आजको बैठकमा सांसद जगप्रसाद शर्माले सोधेको मौखिक प्रश्नको जवाफ दिँदै उनले कृषिको आधुनिकीकरणका लागि विभिन्न रणनीति अलवम्बन गरिएको बताए।

images
images

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको उनको भनाइ थियो।

images
images
images

'भूमिको वैज्ञानिक प्रयोग, आधुनिक कृषि प्रविधिको उपयोग, कृषिमा यान्त्रिकीकरण, कृषिजन्य उत्पादनको प्रशोधन तथा बजारीकरण, पूर्वाधारको विकास, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बनलगायत कृषि प्रणाली रणनीतिको अवलम्बन गरिएको छ', उनले भने।

मन्त्री अधिकारीले कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउन विभिन्न सफ्टवेरमार्फत काम भइरहेको स्पष्ट पारे। उनले भने, 'मल वितरणलाई प्रभावकारी तथा पारदर्शी बनाउन रियल टाइम सफ्टवेयर, बीउबिजन उत्पादन तथा आपूर्ति व्यवस्था पारदर्शी एवं एकद्वार बनाउन विद्युतीय बीउबीजन व्यवस्थापन प्रणालीलगायत विभिन्न उपकरणमार्फत सेवा प्रवाहमा सहजीकरण गरिएको छ।'

यसैबीच, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ सभामा पेस गरे। रासस


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend