शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

images
शुक्रबार, जेठ ३० २०८२
images
images
ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

वनमा पाइने औषधि वनस्पतिमध्ये चिराइतो विशेष महत्वको मानिन्छ। यसको प्रयोग विभिन्न औषधि निर्माणमा हुने भएकाले माग उच्च रहने गरेको छ।

images
images

फुङ्लिङ- ताप्लेजुङको मिक्वाखोला नगरपालिका-५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थालेका छन्।

images
images
images

जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उनले यसको खेती विस्तार गरेका हुन्। शेर्पाले यस वर्ष ११ मन (४० किलोको एक मन) चिराइतो उत्पादन गरेर बिक्री गरे। उनले चिराइतो प्रति मन ४० हजार रूपैयाँमा बिक्री गरे।

images
images

त्यस्तै, फक्ताङलुङ गाउँपालिका-६ का बुधिराज राई गाउँमै धेरै चिराइतो उत्पादन गर्ने किसानभित्र पर्छन्। उनले मुख्यबालीका रुपमा चिराइतो खेती गर्दै आएका छन्। ताप्लेजुङमा पछिल्ला आर्थिक वर्षमा चिराइतो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार दुईसय ८० किलो चिराइतो उत्पादन भएको थियो। यसबाट ४९ हजार रूपैयाँ राजस्व संकलन गरिएको थियो।

images
images
images

आर्थिक वर्ष २०८०/८१ मा चिराइतोको उत्पादन ६ हजार २० किलो भएको थियो। यसबाट एक लाख आठ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। चालु आवको हालसम्मको तथ्यांक अनुसार पाँच हजार किलो चिराइतो उत्पादन भएको छ। यसबाट हालसम्म ७५ हजार रूपैयाँ राजस्व संकलन भएको वन अधिकृत परमेश्वर पाश्वानले जानकारी दिए।

वनमा पाइने औषधि वनस्पतिमध्ये चिराइतो विशेष महत्वको मानिन्छ। यसको प्रयोग विभिन्न औषधि निर्माणमा हुने भएकाले माग उच्च रहने गरेको छ। ताप्लेजुङका स्थानीय समुदायले वन पैदावार संकलन गरी वन नियम अनुसार बिक्री गर्दा राजस्व संकलन हुँदै आएको छ।

नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ। यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने गरेको छ। बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलंका, बंगलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ।

चिराइतो एकपटक लगाएपछि बर्सेनि लगाउनु पर्दैन। पाकेको चिराइतोको फूल आफै झर्छ र त्यहीँ उम्रन्छ। पहिलो वर्ष काण्डवृद्धि नभइ त्यसबाट पात पलाएर मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउनुका साथै यसमा फूल फुल्ने र बीउ लाग्ने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend