शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध निर्माण

images
शुक्रबार, जेठ ३० २०८२
images
images
बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध निर्माण

झिझरी खोलाको बाढीले गर्ने डुबान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुंगे पुल नजिकै तटबन्ध निर्माण गरिएको छ।

images
images

बाँके- राप्ती सोनारी गाउँपालिका-९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ।

images
images
images

झिझरी खोलाको बाढीले गर्ने डुबान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुंगे पुल नजिकै तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख आशिष विकले जानकारी दिए।

images
images

प्रदेश सरकारको ३५ लाख ६२ हजार रूपैयाँ बजेटमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयद्वारा झिझरी खोला झोलुंगे पुल नजिकै तटबन्ध निर्माण भएको हो।

images
images
images

तटबन्ध निर्माणपछि झिझरी खोलाको कटान र डुबानबाट बस्ती जोगिने राप्ती सोनारी गाउँपालिका-९ तल्लो महादेवा निवासी हेम चापागाईँले बताए।

यसैबीच, झिझरी खोलामा पक्की पुल नहुँदा वर्षा याममा साना सवारी आवागमन ठप्प हुने भएकाले महादेवा गाउँका बासिन्दालाई कठिन हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend