शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

ऊर्जामन्त्री खड्कासँग विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताको भेट

images
बिहीबार , जेठ २९ २०८२
images
images
ऊर्जामन्त्री खड्कासँग विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताको भेट

भेटमा विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैंकले अप्पर अरुण जलविद्युत आयोजनालाई विप्राथमिकतामा राखेको बताएका छन्।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले भेट गरेका छन्। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहिबार भएको भेटमा विश्व बैंकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो।

images
images
images

भेटमा ऊर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे। उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको कार्यलाई चाँडो टुंगाेमा पुर्‍याउनसमेत विश्व बैंकसँग आग्रह गरेका छन्।

images
images

यस्तै विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमासमेत छलफल भएको थियो। भेटमा विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैंकले अप्पर अरुण जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेको बताएका छन्।

images
images
images

भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्वय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागिता रहेको थियो। रासस 


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend