शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

स्रोत नखुलेको नेपालीसहित तीन करोड बढी रकम भारतबाट बरामद

images
बिहीबार , जेठ २९ २०८२
images
images
स्रोत नखुलेको नेपालीसहित तीन करोड बढी रकम भारतबाट बरामद

बरामद गरिएका मुद्रामध्ये नेपाली एक करोड ९१ लाख रुपैयाँ र भारतीय एक करोड ५५ लाख रुपैयाँ रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ।

images
images

लुम्बिनी- राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका तीन करोड ४६ लाख ५५ हजार आठ सय ८० मुद्रा बरामद गरेको छ। बरामद गरिएका मुद्रामध्ये नेपाली एक करोड ९१ लाख रुपैयाँ र भारतीय एक करोड ५५ लाख रुपैयाँ रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ।

images
images
images

नेपाल-भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए। उनीहरू भरियाका रूपमा रहेको भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन्।

images
images

चालु आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै तीन करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए। उनका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन्।

images
images
images

त्यस्ता मुद्राहरूको कारोबार, सीमानाकामा ओसारपसार र वैधानिक स्रोतबिनाका गतिविधिमा संलग्न समूहमाथि कडा निगरानी गरी उक्त रकम जफत गरिएको घिमिरेले बताए। उनका अनुसार राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न गाडी, यात्री र झोलाबाट सो रकम जफत गरिएको हो।

रुपन्देहीका बुटवल, मर्चबारी, बेलहिया, रैनादेवी, चम्पानगर तथा कपिलवस्तुको कृष्णनगरलगायत सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा पारिएको जनाउँदै घिमिरेले यस्ता अवैद्य रकमसहित भारतीय नागरिक पक्राउ परेका उल्लेख गरे। तस्करीको सुनसहित व्यापारीले सीमापारी पुगेर लेनदेन गर्ने गरेको रकम पटकपटक गरी नेपाल भित्र्याउने गरिएको हुनसक्ने अनुसन्धान अधिकृत घिमिरेले आशंका व्यक्त गरे।

‘सोको पुष्टि हुनेगरी केही विवरण र मालिक पत्ता लागेका छन् तर अनुसन्धान भइरहेकाले अहिलेसम्म सार्वजनिक गरिएको छैन’ उनले भने। प्रमुख अनुसन्धान अधिकृत घिमिरेले आपराधिक गतिविधिमाथि सुदृढ अनुगमन, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत कडाइका साथ नियन्त्रणको अभियान सञ्चालन गरिएको बताएका छन्। रासस 


प्रकाशित : बिहीबार , जेठ २९ २०८२११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend