सोमबार, साउन १२ गते २०८२    
सोमबार, साउन १२ २०८२
images
images

बजेट अभावले विद्यालय भवन निर्माण अधुरो

images
बिहीबार , जेठ २९ २०८२
images
images
बजेट अभावले विद्यालय भवन निर्माण अधुरो

लुम्बिनी प्रदेश सरकारको २० लाख रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए।

images
images

बाँके- राप्ती सोनारी गाउँपालिका-९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ।

images

लुम्बिनी प्रदेश सरकारको २० लाख रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए।

images
images

‘कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर, पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन’ अध्यक्ष रेग्मीले भन्छन्, ‘भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन् ।’ कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन्।

images
images
images

तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरु क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सोहनलाल थारुले बताउँछन्। दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनकाे भनाइ छ। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend