शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण

images
बिहीबार , जेठ २९ २०८२
images
images
राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण
फाइल तस्बिर

नगरपालिकामा गत आवमा सूचीकृत दुई सय ३८ जना बेरोजगारीमध्येबाट चयन भएका उनीहरुले ३७ लाख ज्याला तथा १८ लाख ५० हजारको निर्माण सामग्रीबाट एक हजार चार सय मिटर पक्की पदमार्ग तथा चार सिँचाइ पोखरी र तीन सय ५० मिटर सडक सोलिङ गरेका हुन्

images
images

बागलुङ- साविक प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ। कार्यक्रमअन्तर्गत पालिकासँगको बजेट साझेदारीमा पदमार्ग र सिँचाइ पोखरी निर्माण तथा सडक ‘सोलिङ’ गरिएको छ।

images
images
images

नगरपालिकामा गत आवमा सूचीकृत दुई सय ३८ जना बेरोजगारीमध्येबाट चयन भएका उनीहरुले ३७ लाख ज्याला तथा १८ लाख ५० हजारको निर्माण सामग्रीबाट एक हजार चार सय मिटर पक्की पदमार्ग तथा चार सिँचाइ पोखरी र तीन सय ५० मिटर सडक सोलिङ गरेका हुन्

images
images

बागलुङ नगरपालिकाका रोजगार संयोजक रामचन्द्र गौतमका अनुसार यस वर्ष ६ योजनाबाट तीन वटा सिँचाइ पोखरी, चार स्थानमा पदमार्ग ढलान तथा एक स्थानको सडक सोलिङ गरिएको छ। नगरपालिका-३ स्थित मध्यपहाडी लोकमार्गबाट तातोपानी जाने दुई सय ५० मिटर पदमार्ग ढलान र कदमको बोट सिँचाइ पोखरी निर्माण भएको छ।

images
images
images

बागलुङ नगरपालिका-५ मालिकाको ठूलाखोलादेखि बाँघबोटे मालिकाको दुई सय ५० मिटर पदमार्ग ढलान तथा मौरीभिर, आँटीघर र पल्ला खोरियामा पोखरी निर्माण गरिएको थियो। साथै नगरपालिका-८ को ओख्रेनी चितेपानी देउपुजा कोट मन्दिरसम्मको चार सय ५० मिटर पदमार्ग ढलान गरिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend