शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

३९ लाख २३ हजार रूपैयाँ लागतमा लुक्सीपारमा खानेपानी आयोजना निर्माण

images
बिहीबार , जेठ २९ २०८२
images
images
३९ लाख २३ हजार रूपैयाँ लागतमा लुक्सीपारमा खानेपानी आयोजना निर्माण

डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको छ।

images
images

म्याग्दी- मालिका गाउँपालिका-३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ३९ लाख २३ हजार रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। आयोजनाबाट करिब ४ सय लाभान्वित भएका छन्।

images
images
images

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १७ लाख ७४ हजार ७ सय २९, मालिका गाउँपालिकाको नौ लाख ९५ हजार ५ सय ९ र उपभोक्ताको ११ लाख ५३ हजार २ सय ५० रूपैयाँ बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए।

images
images

मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका-३ मा पात्ले, लुक्सीपार र डाँडागाउँमा तीनवटा खानेपानी योजना निर्माण भएका छन्। ती योजनाहरुबाट ४ सय परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए।

images
images
images

डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend