बिहीबार , जेठ २९ गते २०८२    
बिहीबार , जेठ २९ २०८२
images
images

विश्व बैंकले दियो आर्थिक संकटको चेतावनी, मुख्य कारण व्यापार तनाव र नीति अन्योलता

images
बुधबार, जेठ २८ २०८२
images
images
विश्व बैंकले दियो आर्थिक संकटको चेतावनी, मुख्य कारण व्यापार तनाव र नीति अन्योलता

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने प्रभाव पारेको छ।

images
images

न्यूयाेर्क- व्यापारमा बढ्दो तनाव र नीति सम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदर सम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने प्रभाव पारेको छ।

images
images
images

जसमा सबै भू-भाग र आम्दानी वर्ग समावेश छन्। सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत बनाइएको छ। यस्तै सन् २०२६ का लागि यो दर २.७ प्रतिशतबाट घटाएर २.४ प्रतिशत मा ल्याइएको छ ।

images
images

विकसित देशहरूमा आगामी वर्ष १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ। याे अघिल्लो अनुमानभन्दा केही कम हो। विकासशील तथा उदाउँदा बजार अर्थतन्त्रहरूमा सन् २०२५ को वृद्धिदर ३.८ प्रतिशत रहने अनुमान गरिएको छ। याे पनि पूर्वानुमानभन्दा ०.३ प्रतिशत अंकले कम हो।

images
images
images

संयुक्त राज्य अमेरिकाको वृद्धिदर २०२५ मा १.४ प्रतिशत मात्र रहने सम्भावना देखिएको छ। जुन अघिल्लो पूर्वानुमानभन्दा कम हो र सन् २०२४ को २.८ प्रतिशत वृद्धिको तुलनामा आधा मात्र हो। युरोप क्षेत्र र जापान दुवैको वृद्धिदर ०.७ प्रतिशत रहने अनुमान गरिएको छ।

जसले अघिल्लो अनुमानमा केही कमी आएको देखाउँछ। चीनको वृद्धिदर भने अघिल्ला पूर्वानुमानअनुसार यथावत रहेको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार केवल केही महिना अघि सहज सुधारको आशा गरिएको विश्व अर्थतन्त्र फेरि चुनौतीपूर्ण परिस्थितिमा प्रवेश गरिरहेको छ।

यदि शीघ्र उपयुक्त नीतिगत कदमहरू नचालिएमा जनजीवनमा दीर्घकालीन असर पर्न सक्ने चेतावनीसमेत प्रतिवेदनमा दिइएको छ। विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री तथा वरिष्ठ उपाध्यक्ष इन्डर्मिट गिलले भन्छन्, ‘एशिया बाहेकका क्षेत्रहरूमा विकासको गति सुस्त बन्दै गएको छ, जसले विकासशील राष्ट्रहरूलाई थप चुनौतीमा पार्ने सम्भावना देखिन्छ।’

गिलका अनुसार विकासशील राष्ट्रहरूमा लगानीको दर अपेक्षाकृत कम भएको र ऋणको भार उच्च रहेकोले आय असमानता हटाउने तथा गरिबी घटाउने प्रयासहरूमा प्रगति पर्याप्त छैन। भविष्यको आर्थिक स्थायित्व मुख्यतया वैश्विक व्यापार नीतिको दिशामा निर्भर रहने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ।प्रतिवेदनले २०२६ र २०२७ मा केही सुधारको संकेत गरेकाे छ।

तर, समग्रमा आर्थिक उत्पादन स्तर अघिल्लो अनुमानभन्दा अझै तल रहने सम्भावना औँल्याएको छ। यदि व्यापार प्रतिबन्धहरू तीव्र रूपमा बढ्ने वा नीति सम्बन्धी अन्योलता निरन्तर रहने हो भने आर्थिक वृद्धिमा थप गिरावट आउन सक्ने र वित्तीय दबाब पनि बढ्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। रासस 


प्रकाशित : बुधबार, जेठ २८ २०८२१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend