बिहीबार , जेठ २९ गते २०८२    
बिहीबार , जेठ २९ २०८२
images
images

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण

images
बुधबार, जेठ २८ २०८२
images
images
हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण
फाइल तस्बिर

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिवापत राजस्व नलाग्ने तर, अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्यांकनलगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको जनाइएको छ।

images
images

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाका ११६ घर भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरिएको छ।

images
images
images

भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणालीमा प्रविष्ट भएका १८ घर भूमिहीन दलित, चार घर सुकुम्बासी र ९४ घर अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन मंगलबार निस्सा वितरण गरिएको हो।

images
images

निस्सा प्राप्त गर्ने भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउने गरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख विमला राईले जानकारी दिएकी छिन्।

images
images
images

'निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ। वडाको सिफारिसको आधारमा उनीहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोग खोटाङलाई सिफारिस गर्छौँ', उनले भनिन्, 'लाभग्राहीलाई निस्सा वितरण गरिसकेपछि वडा कार्यालयले सात दिने दाबी विरोधसम्बन्धी सूचना जारी गर्नुपर्ने हुन्छ। वडाले जारीको सार्वजनिक सूचनामा कसैको पनि दाबी विरोध नगरेको खण्डमा नगरपालिकाको तर्फबाट लालपुर्जा वितरणको लागि प्रक्रिया अगाडि बढाउँछौँ।'

हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको निस्सा वितरण कार्यक्रममा राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष निर्मल राई, जिल्ला मालपोत कार्यालय खोटाङका प्रमुख जगतबहादुर श्रेष्ठ र नापी कार्यालय खोटाङका प्रमुख सुमन श्रेष्ठ, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

लामो समयदेखि भूमिहीन अवस्थामा रहेका दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु नगरपालिकाको समन्वयमा जग्गाको निस्सा प्राप्त गरेपछि जग्गाको लालपुर्जा पाउनेमा आशावादी बनेको नगरप्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए।

दश स्थानीय रहेको जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीगरी ७९२ घर लाभग्राही रहेको राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष निर्मल राईले जानकारी दिएका छन्।

'भूमिहीन घर परिवारलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गराउन तीव्रगतिमा काम गरिरहेका छौँ। सम्बन्धित स्थानीय तहले जति छिटो काम गर्‍यो उति छिटो भूमिहीनले लालपुर्जा प्राप्त गर्छन्', उनले भने, 'हामीले जग्गाको निस्सा वितरणको काम सुरु गरेसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी उत्साहित बनेका छन्। उनीहरुको उत्साहलाई सम्बोधन गर्नेगरी जग्गा उपलब्ध गराउनेगरी काम सुरु गरेका छौँ।'

आयोगले दिएको जानकारीअनुसार जिल्लाभर १५२ घर भूमिहीन सुकुम्बासी, ४९ घर भूमिहीन दलित र ५९१ घर अव्यवस्थित बसोबासी रहेका छन्। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वटा वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यसअघि सुरेश राई नेतृत्वको आयोगले निस्सा वितरण सुरु गरेको थियो भने खोटेहाङ, जन्तेढुंगा र बाराहापोखरी गाउँपालिकाका लाभग्राहीको नाममा जग्गा छ/छैन भनेर जग्गा प्रमाणीकरणको काम सम्पन्न गरेको थियो।

भूमिहीन दलित तथा सुकुम्बासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा जमिन नभएको तथा आफ्नो आयआर्जनका स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने जनाइएको छ।

यस्तै, अव्यवस्थित बसोबासीको हकमा भूमिसम्बन्धी ऐन २०२१ को दफा ५२ (ग) बमोजिम उल्लेखित बसोबासी १० वर्षअघिबाट ऐलानी, पर्ति वा सरकारी अभिलेखमा वन जनाइएको ठाउँमा भए पनि घर टहरा बनाएर बसेको वा खेतीपाती गरिरहेको (अन्यत्र नम्बरी जग्गा जमिन र घर टहरो) भएकाहरू भन्ने उल्लेख छ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिवापत राजस्व नलाग्ने तर, अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्यांकनलगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको जनाइएको छ।

भूमिहीन दलित र सुकुम्बासीका लागि हिमाल र पहाडमा आवास निर्माणका लागि तीनसय ४० वर्गमिटर अर्थात १० आना दुई पैसा ३.०९ दाम, खेतीपातीलाई तीन हजार वर्गमिटर अर्थात पाँच रोपनी १४ आना १ पैसा १.६२ दाम जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगले जनाएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २८ २०८२१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend