आइतबार, भदौ २३ गते २०८१    
images
images

नेपाल टेलिकमले ल्याएको भ्यालेन्टाइन डे अफर, कुन सेवामा कस्तो अफर?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १ २०७८
images
images
नेपाल टेलिकमले ल्याएको भ्यालेन्टाइन डे अफर, कुन सेवामा कस्तो अफर?
images
images

काठमाडौं- नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ। टेलिकमले भ्यालेन्टाइन डे को अवसरमा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ। यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ ) सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ। 

images
images
images

सो अफर अन्तर्गत  ४९ रुपैयामा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा डे कम्बो अफ उपलब्ध गराउने भएको छ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टीसेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गर्ने जनाएको छ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २ सयदेखि  ४ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र  ५ सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध गराने भएको छ।
  

images


प्रकाशित : आइतबार, फागुन १ २०७८१२:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend