बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैंकद्वारा देशव्यापीरुपमा बृहत् वृक्षारोपण

शुक्रबार, जेठ २३ २०८२
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैंकद्वारा देशव्यापीरुपमा बृहत् वृक्षारोपण

वृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने बैंकको विश्वास छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ। 

बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो। बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा वृक्षारोपण कार्यक्रम गरेको हो।

यसै अवसरमा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहा नगरपालिकाको बालचौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा १ हजार कागतीका बिरुवा रोपण गरेको हो।

त्यसैगरी, बैंकले काठमाडौंको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३ सय वटा बिरुवा रोपण गरेको गर्‍यो।

बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगति सामुदायिक वन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरुमा ३ हजार ७ वटा, मधेस प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन) लगायतका विभिन्न स्थानमा ५ हजार ५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरुमा २ हजार ३ सय बिरुवा रोपण गरेको छ।

यस्तै, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २ हजार एकसय, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १ हजार ५ सय, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोटलगायतका विभिन्न स्थानहरुमा ७ सय र सुदूरपश्चिम को बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा २ हजार ८६ बिरुवा रोपण सुरु गरेको छ।

वृक्षारोपणमा बैंकका प्रतिनिधि तथा कर्मचारीसँगै जनप्रतिनिधि र स्थानीय नागरिकको उल्लेख्य उपस्थिति रहेको बैंकले जनाएको छ।

बैंकले वृक्षारोपणको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक वन, विद्यायल, अस्पताल परिसरहरु तथा सार्वजनिक स्थानहरु छनौट गरेको छ। उक्त वृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ।


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend