बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

मेरिल्याण्डको दक्षिण एशियाली अमेरिकी आयोगमा नेपाली मूलका विशाल भण्डारी दोस्रो कार्यकालका लागि नियुक्त

मंगलबार, जेठ २० २०८२
मेरिल्याण्डको दक्षिण एशियाली अमेरिकी आयोगमा नेपाली मूलका विशाल भण्डारी दोस्रो कार्यकालका लागि नियुक्त

भण्डारी इनोभा हेल्थ भर्जिनियामा एनालिटिक्स एण्ड आउटकम्सका क्लिनिकल निर्देशक छन्। एमआईटीबाट आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा  एक्जुकेटिभ डीग्री पनि लिएका छन्।

काठमाडौं- सयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका नेपाली मूलका डा विशाल भण्डारी  मेरिल्याण्डराज्यको ‘गभर्नरको दक्षिण एशियाली अमेरिकी मामिला आयोग’ मा दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्। 

गभर्नर वेस मुरले उनलाई पहिलो कार्यकालको काम राम्रो भएको भन्दै निरन्तरता दिएका हुन्। 

बाल्टिमोरमा बसोबास गर्दै आएका चितवनका डा. भण्डारीले सामाजिक न्याय, समान अवसर र समावेशी विकासका सवालमा आयोगमार्फत सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। साथै, उनले गभर्नरको कार्यालय र अन्य आयोग सदस्यहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए।

भण्डारी इनोभा हेल्थ भर्जिनियामा एनालिटिक्स एण्ड आउटकम्सका क्लिनिकल निर्देशक छन्। एमआईटीबाट आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा  एक्जुकेटिभ डीग्री पनि लिएका छन्। 

स्वास्थ्य सेवा नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणका विशेषज्ञ भण्डारी लायन्स क्लब, डिजिटल ब्रिज फर नेपाल, काठमाडौँ बाल स्वास्थ्य संस्थान जस्ता संस्थाहरुमा संलग्न रहेका छन्। 

प्रकाशित : मंगलबार, जेठ २० २०८२१५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend