बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

अत्तरिया-भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै, असार मसान्तसम्म सक्नेगरी २ करोड ५४ लाखमा ठेक्का सम्झौता

images
मंगलबार, जेठ २० २०८२
images
images
अत्तरिया-भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै, असार मसान्तसम्म सक्नेगरी २ करोड ५४ लाखमा ठेक्का सम्झौता
फाइल तस्बिर

सो सडकखण्डमा पुनःसडक सुधार ‘रिसेलिङ’ प्रक्रियामार्फत सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

images
images

कैलाली- यहाँस्थित अत्तरिया-भ्यागुतेपानीसम्म १४.५ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु गरिएको छ। सो सडकखण्डमा पुनःसडक सुधार ‘रिसेलिङ’ प्रक्रियामार्फत सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

images
images
images

भीमदत्त राजमार्गमा पर्ने सो सडकखण्डको मर्मत तथा स्तरोन्नतिका लागि आरडीआपीएसके जेभी नामक निर्माण कम्पनीसँग दुई करोड ५४ लाख रूपैयाँमा आगामी असार मसान्तसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईँले जानकारी दिए।

images
images

उनका अनुसार सडकको सतह बचाउन हरेक पाँच वर्षमा पुनः सडक सुधार आवश्यक हुन्छ। कैलालीको गोदावरी नगरपालिका-४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोलामा भासिएको ३० मिटर सडकखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ।

images
images
images

सडकखण्ड मर्मतका लागि जिएसआई हटैराज जेभी निर्माण कम्पनीसँग ६ करोडमा ठेक्का सम्झौता भएको थियो। ३०० मिटर सडक कालोपत्रका लागि आगामी आर्थिक वर्षमा ठेक्का हुन लागेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायीरूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २० २०८२१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend