बुधबार, जेठ २१ गते २०८२    
बुधबार, जेठ २१ २०८२
images
images

निगुरो बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय

images
सोमबार, जेठ १९ २०८२
images
images
निगुरो बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय

उन्यू  प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ। विपन्न कुमाल समुदाय बढी मात्रामा यो पेसासँग जोडिएको छ। जेठ महिना सुरू भएपछि असोज महिनासम्म वनपाखामा प्रशस्त मात्रमा निगुरो पाइन्छ।

images
images

गुल्मी- जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ। उनीहरूले वर्षौंदेखि वनजंगलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो स‌ंकलन गरेर बिक्री गरी नून तेलको जोहो गर्दै आएका छन्।

images
images
images

उन्यू  प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ। विपन्न कुमाल समुदाय बढी मात्रामा यो पेसासँग जोडिएको छ। जेठ महिना सुरू भएपछि असोज महिनासम्म वनपाखामा प्रशस्त मात्रमा निगुरो पाइन्छ।

images
images

बिहानै उठेपछि डोको र नाम्लो बोकेर जंगललसम्म पुगेर डोकोभरी निगुरो टिपेर उनीहरु फर्कने गर्दछन्। यस क्षेत्रमा बसोबास गर्ने कुमाल सकुदायसँगै अन्य विपन्न परिवारका सदस्यको दिनचर्या दिनभर जंगल र पाखामा निगुरो टिपेर बित्ने गर्दछ।

images
images
images

मनग्य आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका कुमाल समुदाय यो पेसालाई अगाल्दै आएका छन्। उनीहरू आफूले अघिल्लो दिन टिपेको निगुरो दोस्रो दिन बिहानै बिक्रीका लागि स्थानीय बजारदेखि सदरमुकाम तम्घाससम्म आइपुग्छन्। जिल्लाको अर्जै, घमिर, अर्खाबाङ्, नेटा तथा ह्वाङ्दी, मुसिकोट लगायतका जंगलमा प्रशस्त मात्रमा निगुरो पाइन्छ।

विपन्न परिवारका लागि निगुरो यतिबेला राम्रो आम्दानीको मुख्य स्रोत बनेको छ। आफूले निगुरो बिक्री गरेर मासिक ३० हजार रुपैयाँसम्म कमाउने गरेको इस्मा गाउँपालिका-५ की सरस्वती मुखियाले बताइन्। उनलाई त्यसैबाट घरखर्च चलाउन सजिलो भएको छ। एक मुठा निगुरो ५० रुपैयाँमा बिक्री गर्ने गरेको मुखियाको भनाइ छ।

‘दिनभर जंगलमा पुगेर टिप्ने हो, झरी, घाम, सर्प सबैबाट जोगिनुपर्छ। टिपेर ल्याएपछि बिक्री गर्न त गाह्रो छैन, घरखर्च चलाउन कसैसँग सापट माग्नु परेको छैन’ मुखियाले भनिन्। जंगलबाट टिपेर ल्याएका वस्तुको गाउँमा खासै महत्व नहुने भएका कारण त्यसलाई डोकोमा बोकेर बिक्रीका लागि सदरमुकाम तम्घाससम्म ल्याउने गरिन्छ।

यसलाई उत्पादन गर्न कुनै लगानी गर्नु नपर्ने, जंगललमा पुगेपछि सित्तैमा टिप्न पाइने र बजारमा राम्रो मूल्य पाइने भएका कारण निगुरो टिप्ने गरिन्छ। जंगललबाट टिपेर ल्याएको निगुरोलाई सुरूमा साना-साना मुठा बनाउने र त्यसलाई डोकोमा बोकेर बिक्रीका बजारसम्म पुराउने गरिन्छ। निगुरोले उचित मूल्य पाउने गरे पनि यसलाई टिप्न भने गाह्रो काम भएको इस्मा अमरपुरकी सीता कुमाल सुनाउँछिन्।

‘दिनभर जंगललमा जाने हो, घाम पानी नभनेर निगुरो टिप्छौँ’ उनले भनिन्।  सीता मुखिया मात्र हैन उनीसँगै पसिना पुछ्दै डोकोमा निगुरो बोकेर सदरमुकाम आइपुगेकी चमेली राना निगुरो बिक्री गरेपछि घरपरिवारका सदस्यहरुको आवश्यकता पूरा गर्छिन्। ‘आम्दानी नहुनेलाई घर खर्च चलाउन निकै सजिलो भएको छ’ उनले सुनाइन्।

तर, बर्खामा जंगलकाे निगुरो दुई दिन लगाएर सदरमुकामसम्म ल्याउन उनिहरूलाई सहज छैन। गुल्मीको निगुरो तम्घासमा मात्र होइन बुटवलका हाटबजारसम्म पुग्छ। आफन्तलाई कोसेली पठाउन पनि निगुरो खोजी हुन्छ। बजारमा विषादी प्रयोग गरेका तरकारीले हैरान परेकाहरुले अर्गानिक निहुरोको धेरै माग गर्छन्।

निगुरोबाट अचार, तरकारी, चुकौनी लगायतका परिकार बनाउन सकिने र ती परिकारहरू मिठो र स्वादिलो हुने गरेको स्थानीय हरिप्रसाद शर्माले बताउँछन्। निगुरो बिक्री गरेर यस क्षेत्रका विपन्न कुमाल समुदायले सिजनमा न्यूनतम दश हजारदेखि तीस हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। रासस


प्रकाशित : सोमबार, जेठ १९ २०८२१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend